![](https://www.samatapost.com/wp-content/uploads/2025/01/weather-768x575-1.jpg)
काठमाडौं । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भू-भागको मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ ।
आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहनेछ । महाशाखाका अनुसार आज राती सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
मधेश प्रदेश तथा कोशी प्रदेशका तराईका धेरै स्थानहरूमा लाग्ने हुस्सुरकुहिरो मध्याह्न पछि क्रमिक रुपमा सुधार हुने र बाँकी तराईका केही स्थानहरूमा लाग्ने हुस्सु कुहिरो मध्यान्न सम्ममा सुधार हुने सम्भावना रहेको छ ।