ख्रीष्टियन महासंघको प्रेस सल्लाहकारमा गोविन्द विश्वकर्मा नियुक्त

समतापोष्ट
  १२ श्रावण २०७९, बिहीबार ०८:५६

काठमाडौं : राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको प्रेस सल्लाहकारमा गोविन्द विश्वकर्मा नियुक्त भएका छन् । महासंघको बुधबार बसेको विशेष केन्द्रिय समितिको बैठकले विश्वकर्मालाई प्रेस सल्लाहकारमा नियुक्त गरेको हो ।

महासंघका कार्यवाहाक अध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीको अध्यक्षता र संरक्षक तथा संस्थापक सी.बी.गहतराजको प्रमुख आतिथ्यतामा विश्वकर्मालाई प्रेस सल्लाहकारमा नियुक्त गरिएको महासंघका सह महासचिव तथा प्रवक्ता ज्ञानेन्द्र राज सापकोटाले बताए ।

नवलपरासी स्थायी घर भई डोटी बस्दै आएका विश्वकर्माले डोटी जिल्लाको स्थानिय त्रीवेणी एफएमबाट पत्रकारिता सुरु गरेका थिए । करिब ३ बर्ष उक्त रेडियोमा रिपोर्टर र समाचार वाचकका रुपमा काम गरेका विश्वकर्माले काठमाडौंमा रहेका लोकप्रिय सञ्चारमाध्यम तथा अनलाईन पत्रिकामा समाचार सम्पादकका रुपमा काम गरेको अनुभव छ ।

पछिल्लो समय उनी ललितपूर स्थित ईक्वोल एक्सीसमा नाटक लेखन तथा निर्देशकका रुपमा कार्यरत छन् । ग्लोकल प्लार्टफर्म नामक युट्युब च्यानलमा उनले लामो समय “विभेदको सवाल” नामक कार्यक्रम मार्फत समाजमा रहेको सबै प्रकारका विभेदका विरुद्धमा वकालत गर्ने काम गरेका छन् । हाल उनी नयाँपाना मिडियामा गण्डकी प्रदेश रिपोर्टरका रुपमा पनि कार्यारत छन् ।

पत्रकारीतामा लामो समयदेखि क्रियाशिल विश्वकर्माले भावि समयमा पत्रकारीता मार्फत ख्रीष्टियन समुदायका मुद्दा राज्य सम्म पुर्याउन निरन्तर लागि रहने बताए । अल्पसंख्यक धार्मिक समुदाय माथिको विभेद अन्त्य गर्न राष्ट्रिय ख्रीष्टियन महासंघको माध्यमबाट देशैभर पत्रकारको संगठन विस्तार गर्ने र पत्रकारीताको माध्यमबाट समुदाय तथा राज्यलाई दवाव समुहका रुपमा काम गर्ने पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *