झापाका पाँच सञ्चारकर्मी सम्मानित

समतापोष्ट
  ९ भाद्र २०७९, बिहीबार १६:००

झापा : नारी फिटनेस एण्ड हेल्दी मार्ट विर्तामोडले तिज मिलन कार्यक्रमको आयोजना गर्दै झापाका ५ सञ्चारकर्मीलाई आज सम्मान गरेको छ । महिलाहरुको लागी विशेष जिम हाउस सञ्चालन गर्दै आएको संस्था नारी फिटनेसले दुई महिला सहित ५ सञ्चारकर्मीलाई सम्मान गरेको हो ।

पत्रकारिता मार्फत राम्रो भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ ।

सम्मानित हुनेहरुमा एपि वान टेलिभिजनका झापा सम्वादाता सुव्रत न्यौपाने,विराट एफएम तथा रासस झापा प्रमुख देवेन्द्र प्रसाई, प्राईम टेलिभिजन तथा सप्तकोशि टेलिभिजनका झापा जिल्ला सम्वादाता विजय वराल,भिजन एफएममा कार्यरत तथा साहित्यकार माया मितु तथा जय लोकतन्त्र साप्ताहिकका सम्पादक सुसिला संग्रौला रहेका छन । सम्मान पत्र सहित पाँचै जनालाई कार्यक्रमका प्रमुख अतिथि नारी कल्याण संस्था झापाकी अध्यक्ष प्रेमा भट्टराईले सम्मान गर्नु भएको थियो ।

महिलाहरुका लागी छुट्टै जिम हाउस सञ्चालन गर्ने बिनु थपलियाको अध्यक्षतामा भएको तिज समारोहमा पत्रकार छनोटमा साहित्यकार तथा सञ्चारकर्मी लिला अनमोलले गर्नु भएको थियो । कार्यक्रममा उपस्थित भएका महिलाहरुले सामुहिक दर खानुको साथै नाचगान गरि रमाईलो गर्दै तीज मनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *