मन्त्री सोडारीले गरे चाक्लेखोला पुलको उद्घाटन

समतापोष्ट
  २३ भाद्र २०७९, बिहीबार १७:१०

धनगढी : गोदावरी नगरपालिका– १० ओलानीमा निर्माण सम्पन्न भएको चाक्लेखोला पुलको बिहिबार सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले उद्घाटन गरेका छन् ।

पुलको उद्घाटन गर्दैै मन्त्री सोडारीले तत्कालिन गोदावरी गाविस र मालाखेती गाविसको टुटेको कडिलाई जोड्ने काम पुलले गरेको बताए । उनले सरकारले निर्माण गरेको पुल जनतालाई हस्तान्तरण गरेकाले अब यसको सुरक्षा स्थानीय जनताले गर्नुपर्ने बताए । उनले ओलानी क्षेत्रको विकासका लागि प्रदेश सरकार सधै संवेदनशिल भएको बताए । उनले चालु आर्थीक बर्षमा पनि धेरै योजना प्रदेश सरकारमार्फत ओलानी क्षेत्रमा बजेट विनियोजन गरिएको बताए ।

उद्घाटन गरिएको पुल प्रदेश सरकार पुर्वाधार विकास कार्यालको १ करोड ७२ लाख १ हजार ७ रुपियाँमा निर्माण गरिएको हो । पुल निर्माणका लागि २०७७ साल असारमा जय धनन्जयररोहित जेभि बर्दिया संग ठेक्का सम्झौता गरिएको थियो । पुलको २०७७ असोज १८ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शिलान्यास गरेका थिए ।

कुल २६ दशमलव १ मिटर लम्बाई भएको सो पुलको बिच भागको चौडाई ६ मिटर र २ दशमलव ४ मिटर चौडाईको किनारामा फुटपाट रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *