काठमाडौं : २५ बर्षीय ऐश्वर्या श्रेष्ठले मिस ग्रान्ड नेपाल २०२२ को उपाधि जितेकी छिन् । श्रेष्ठ मिस ग्रान्ड इन्टरनेशनलको दशौं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दैछिन् । वर्षा भडारी र रक्षा उप्रेती क्रमशः फस्ट र दोस्रो रनरअप भए ।
कार्यक्रममा अभिनेता/मोडल अनुप विक्रम शाही, र्यापर आशिष राना (लाउरे), मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल, छिरिङ वाङ्दी, सुरेश तामाङ र निशु झा निर्णायक थिए । कार्यक्रमको कोरियोग्राफी सुजित बस्यालले गरेका थिए । ग्राण्ड नेपालको मुख्य विषय युद्ध र हिंसा रोकिने छ ।
अन्तर्राष्ट्रिय प्रतियोगिताले विश्वभर शान्ति निर्माण र युद्ध र हिंसाको अन्त्यका लागि वकालत गर्ने आश्वासन दिन्छ। त्यसैगरी मिस पपुलर तन्नु शाक्यले, मिस पर्सनालिटी वर्षा भण्डारी, मिस बेस्ट इन स्विमसुट वर्षा भण्डारी, मिस कन्फिडेन्स समना कार्की, मिस फोटोजेनिक स्वस्तिका मगर र मिस कन्जेनियालिटी सुदेष्णा महर्जनले जिते ।
कार्यक्रम लाजिम्पाटको शंकर होटलमा आयोजना गरिएको थियो । कार्यक्रमको संचालन पूर्व मिस ग्रान्ड उरुषा जोशीले गरिन् । कार्यक्रम ३६५ एवेन्ट्सद्वारा लागू गरिएको थियो।
नेपालको सामाजिक आन्दोलनमा एउटा गतिशिल अभियान्ताका रुपमा परिचित जियम श्रेष्ठकी छोरी ऐश्वर्या श्रेष्ठले मिस ग्राण्ड नेपाल २०२२ को उपाधि जितेकी हुन् । जियाम श्रेष्ठ अहिले हरवा–चरवा, मुक्त हलिया र कमैयालाई लक्षित गरी नेपालमा कृषि बधुवा मजदुर अन्त्य गर्ने कार्यक्रम अन्तर्गत द फ्रिडम फण्डको नेपाल कार्यक्रम सल्लाहकारका रूपमा काम गरिरहेका छन् । उनले अप्रिल २०१५ देखि जुलाई २०१८ सम्म टेरे डेस होमस फाउण्डेसन नेपालमा बाल संरक्षण कार्यक्रम संयोजकको रूपमा काम गर्नका साथै नेपालमा वयस्क मनोरञ्जन क्षेत्रमा गरिने बालबालिकाको व्यावसायिक यौन शोषण र बालबालिका तथा युवाहरूको जोखिमपूर्ण बसाइँसराइका विरुद्ध काम गरेका थिए ।
Leave a Reply