कक्षा ११ मा विज्ञान पढ्न ग्रेड नचाहिने

समतापोष्ट
  ५ आश्विन २०७९, बुधबार १३:५०

काठमाडौं : सरकारले माध्यमिक शिक्षा परीक्षा एसइईपछि विद्यार्थीहरूले कक्षा-११ मा अरू विषयसरह विज्ञान विषय पनि पढ्न पाउने व्यवस्था गरेको छ।

शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मंगलबार पत्रकार सम्मेलनमा एसइई परीक्षामा न्यूनतम अंक ल्याए पनि विज्ञान विषय पढ्न पाउने गरी व्यवस्था गरेको जानकारी दिएका हुन्। 

उनका अनुसार यसअघि कक्षा-११ मा विज्ञान पढ्न २.० जिपिए ल्याएकाले मात्र पाउने व्यवस्था थियो। तर,अबदेखि ग्रेड नल्याएका विद्यार्थीहरूले कक्षा-११ मा सहजै विज्ञान विषय पढ्न पाउने भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *