धनगढी : शारीरिक रूपमा पुरुष भएर जन्मिए पनि भावनात्मक र अन्य हिसाबले आफूलाई महिलाका रूपमा मान्छ या कोही शारीरिक रूपमा महिलाका रूपमा जन्मिएर पनि भावनात्मक र अन्य हिसाबमा आफूलाई पुरुष ठान्छ भने ती व्यक्तिहरु लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय भित्र पर्दछन्।
शरीर एक र आत्मा अर्को भएर जन्मनुमा न त उनीहरुको दोष हुन्छ न त उनीहरुको आमाबुवाको । फरक खालको यौन चाहाना र लैङ्गिक पहिचान भएका कारण लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरुमाथि विभिन्न लान्छना र अमानवीय व्यवहार हुने गरेको छ। हाम्रो समाजले अहिले पनि यो समुदायलाई स्वीकार गर्न सकेको छैन।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक भन्नाले लेस्बियन (महिला समलिङ्गी), गे (पुरुष समलिङ्गी), बाइसेक्सुअल (उभयलिङ्गी), ट्रान्सजेन्डर (पारालिङ्गी पुरुष र महिला), इन्टरसेक्स (अन्तरलिङ्गी), असेक्सुअल (प्रत्यक्ष लिङ्ग वा लैङ्गिक इन्द्रिय नभएको) आदि समुदाय पर्दछन्। जसलाई छोटकरीमा ‘एलजिबिटिआइक्युए’ भनिन्छ।
यो समुदाय खासगरी लैङ्गिक पहिचानसहितको जन्म दर्ता, नागरिकता तथा राहदानी, समलिंगी विवाह र प्रमाणपत्रको समस्याबाट पीडित छ। नागरिकतालाई सबै अधिकार प्राप्तिको अधिकार मानिन्छ तर यही चिजबाट वञ्चित हुनु परेकाले उनीहरू राजनीतिक रुपमा आफ्ना मुद्धाहरु सम्बोधन गराउँन अहिले सातै प्रदेशमा चुनाब केन्द्रीत अभियान थालेका छन् ।
चुनावी अभियान अन्तर्गत आफ्नो मुद्धाहरु दलका चुनावी घोषणापत्रमा समाबेश गराउँनु पर्ने माग गर्दै मंगलबारदेखी सुदूरपश्चिम प्रदेशमा छलफल थालेका छन् ।
ब्लु डायमण्ड सोसाईटीले धनगढीमा राजनीतिक दलहरुसंग छलफल गरेको छ । आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि ‘राजनीतिक दलहरु चुनावी घोषणा पत्रको गृहकार्यमा जुटेका बेला ब्लु डायमण्ड सोसाईटीले छलफल थालेको हो ।
‘यौनिन अल्पसङ्ख्यक समुदायका व्यक्तिहरुप्रति समाजमा हेर्ने नजर फरक रहेको छ त्यसैले उस्को समस्या समाधान राजनीतिबाट मात्रै सम्भव हुने भएकाले चुनावी घोषणापत्रमा समाबेश गराउँन छलफल थालिएको भुमिका श्रेष्ठले बताईन् ।
मंगलबार सम्पन्न कार्यक्रममा श्रेष्ठले दलका चुनावी घोणषा पत्रमा समाबेश गर्नुपर्ने मुद्धाहरु बारे कार्यपत्र प्रस्तुत गरेकी थिईन् । कार्यपत्रमा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरु सक्षम हुँदाहुँदै पनि अवसर नपाएको उल्लेख छ । विद्यालय जस्तो ज्ञान निर्माण गर्ने ठाउँमा हामीलााई हेर्ने नजर अझै परिवर्तन हुन नसकेको उनले बताईन् । दलहरुले चुनावी घोषणा पत्रमा यौनिक अल्पसंख्यक समुदायका मुद्धाहरु समाबेश गर्नुपर्ने कार्यपत्रमा उल्लेख गरिएको छ । कार्यपत्रमाथी गरिएको छलफलमा राजनीतिक दलहरुका प्रतिनिधहरुले यौनिक अल्पसङ्ख्यक समुदायका मुद्धाहरु सहि भएकाले आफूहरु चुनावी घोषणा पत्रमा समाबेश गर्ने प्रतिबद्धता जनाए ।
एकीकृत समाजवादीका नेता दिनेशचन्द्र सुवेदी,नेकपा माओबादी केन्द्रका नेता रमेश धामी र नेपाली काँग्रेसका युवा नेता तपेन्द्र भुषालले यौनिक अल्पसङ्ख्यक समुदायका मुद्धाहरु चुनावी घोषणा पत्रमा समाबेश गर्न पहल गर्ने बताए । यौनिक अल्पसङ्ख्यक समुदायका मुद्धाहरुमा आफ्नो पार्टी संबेदनशिल रहेको बताउँदै उनीहरुले भनाई थियो । चुनावी घोषणा पत्र बन्नेक्रम जारी रहेकाले मुद्धाहरु पनि समावेशका लागि पहल गर्ने प्रतिबद्धता गरेका थिए । छलफल कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, सञ्चारकर्मी र यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरुको सभागिता रहेको थियो ।
Leave a Reply