अत्तरियामा सुटवरी उद्धघाटन

समतापोष्ट
  १० आश्विन २०७९, सोमबार १७:००

धनगढी : कैलालीको अत्तरियामा सुटवरी आजदेखि सञ्चालनमा आएको छ । स्थानीय अनुप जैरुको करिब ४० लाखको लगानीमा सुटवारी संचालनमा आएको हो । सुटवरी गोदावरी नगरपालिका-२ लोटसगल्लीमा रहेको छ ।

बिहान ११ बजे सुटवरीको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले उद्घाटन गरेका हुन् ।

उद्धघाटन पश्चात अध्यक्ष देवकोटाले सुटवरीका सञ्चालक अनुप जैरुले उदाहरणीय काम गरेको बताए । बेरोजगार युवाहरु सिप सिकेर स्वरोजगार हुनुपर्ने बताउँदै अध्यक्ष देवकोटाले संचालक जैरुको प्रशंसा गरे ।

दक्ष कारिगरद्धारा तयार पारिएका फेन्सी सामाग्रीहरु सस्तो दररेटका साथै छिटोछरितो सेवा दिने सुटवरीका सञ्चालक जैरुले बताए । युवाहरुलाई लक्षित गर्दै नजिकिदै गरेको बडा दशैंमा विभिन्न अफरहरु पनि दिइने उनले समताखबरलाई बताए ।

उनका अनुसार सुटवरीमा ब्राण्डेड कपडाहरुका कोट, पाइन्ट, निजामती ड्रेस, स्कुल ड्रेस, व्लेजर,कुर्ता पाईजामा, फेन्सी टाई, टाई क्लिप, बेहुला बेहुली लगन कपडा, शुभसाइतका कपडाहरु पाईने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *