काठमाडौं : कुन उमेरको महिलासंग यौन सम्बन्ध बढी रोमान्चक र आनन्ददायक हुन्छ भन्ने बिषयमा धेरै बहसहरु हुने गर्दछन् । सामान्यतया किशोरावस्थाको समयमा मान्छे यौन सम्बन्धको विषयमा सबैभन्दा धेरै उत्सुक हुन्छ र त्यस्तो कौतुहलताको उमेरमा गरिने यौन सम्बन्धमा उसले सबैभन्दा धेरै सन्तुष्टी पाउँछ होला भन्ने आमधारणा छ । तर यो धारणा सही भने होइन ।
पछिल्लो पटक गरिएको एक अध्ययनले महिलाहरुको हकमा २८ वर्षको उमेरमा गरिने यौन सम्बन्ध सबैभन्दा आनन्ददायक हुने देखाएको छ । यौन सम्बन्धमा सबैभन्दा धेरै मज्जा लिने उमेर ३३ वर्ष रहेको बताइएको छ ।
महिलाहरुले २८ वर्षको उमेरमा यौन सम्बन्धबाट सबैभन्दा धेरै आनन्द लिने भए पनि उनीहरु २५ वर्षको उमेरमा यौन सम्बन्धको मामिलामा धेरै सक्रिय हुन्छन् । त्यस्तै महिलाहरुले औषतमा १७ वर्षको उमेरमा आफ्नो कुमारित्व गुमाउने गरेका छन् ।
यस्तै पुरुषहरुको हकमा औषतमा १८ वर्षको उमेरमा उनीहरुको भर्जिनिटी तोडिने र २९ वर्षको उमेरमा यौनको मामिलामा सबैभन्दा बढि सक्रिय हुने अध्ययनको निष्कर्ष छ ।
अनलाइनमार्फत गरिएको यो अध्ययन एक यौन खेलौना उत्पादक कम्पनीले गरेको हो । यसअघिको अर्को अध्ययनले भने पुरुषले १८ वर्ष तथा महिलाले ३० वर्षको उमेरमा यौन सम्बन्धमा सबैभन्दा धेरै मज्जा लिने निष्कर्ष निकालेको थियो ।
चोथाले डटकमबाट साभार/तस्बिर गुगल
Leave a Reply