सामाजिक लेखा परिक्षण सम्पन्न

समतापोष्ट
  १ पुष २०७९, शुक्रबार ११:५३

बाँके : सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपालको आयोजनामा बुधबार सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न भएको छ । कमिट नेपालले आ.व. २०७८/०७९ मा सम्पन्न गरेका क्रियाकलापहरु र आर्थिक आय व्ययको सामाजिक लेखा परिक्षण गरेको हो । लेखा परिक्षण कार्यक्रममा जिल्लाका सरोकारवाला तथा लक्षित समुदायको सहभागिता थियो ।

जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सीता कार्की प्रमुख अथिति रहेको कार्यक्रमको अध्यक्षता कमिट नेपालका केन्द्रिय अध्यक्ष प्रकाश नेपाली गरेका थिए । कार्यक्रममा नेपालगंज उप-महानगरपालिका वडा नं.४ का वडा अध्यक्ष गोपाल पुन,  वडा नं.७ का वडा अध्यक्ष प्रशान्त श्रेष्ठ, कार्यपालिका सदस्य संगीता योगी, दलित महिला संघका अध्यक्ष निर्मला सुनार, समर्पण नेपालका अध्यक्ष मोहनलाल सोनखर र बादी समुदायका अगुवाहरुसहित ३३ सहभागिता थियो । जसमा  १२ जना महिला र २१ जना पुरुषको सहभागी थिए ।

 कमिट नेपालका कार्यक्रम संयोजक प्रकाश नेपालीले संचालन गरेको कार्यक्रममा कमिट नेपालका कार्यकारी निर्देशक केशव नेपालीले संस्थाले एक बर्षको अवधीमा गरेका क्रियाकलाप,प्राप्त उपलब्धी, सिकाई तथा समस्याहरु र आर्थिक आय ब्ययको बारेमा प्रस्तुत गरेका थिए ।

कमिट नेपालले आ.व. २०७८/०७९ मा मुख्य रुपमा ३ वटा परियोजनाहरु (करुणा, बादी समुदायको सामाजिक आर्थिक न्याय तथा आत्म सम्मानका लागि सामुदायिक अभियान, अर्थपूर्ण प्रतिनिधित्व, सहभागिता र जवाफदेहिताका लागि स्वतन्त्र र निष्पक्ष निर्वाचन) र अन्य स्थानिय श्रोत परिचालन गरी बादी समुदायमा काम गरिरहेको जानकारी दिनु भएको थियो । यो आर्थिक बर्षमा कुल आम्दानी १००४८५६७।– रहेको र खर्च ९९००४३८।– भएको जानकारी गराउनु भयो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका सहभागी तथा अथितिहरुले कमिट नेपालले सबै भन्दा पछाडी परेको बर्गका लागि गरेका कामको बारेमा प्रसंसा गर्दै आगामी दिनमा प्रगति तथा उन्नतिको शुभकामना ब्यक्त गरेका थिए ।

सामाजिक लेखापरिक्षणले सुशासन कायम गर्न महत्वपूर्ण भुमिका खेल्ने र यसले कमिट नेपालले पारदर्शि रुपमा काम गरिरहेको धारणा राख्नुका साथै बादी समुदायले कमिट नेपालको मात्रै भर पर्नु नहुने बताए । बादी समुदायको दिगो विकासका लागि राज्यका बिभिन्न निकायहरु अझ जिम्मेवार भई सहयोग गर्नु पर्ने र त्यस कार्यमा आफ्नो सधै साथ सहयोग र एकबद्धता रहने राय ब्यक्त गरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *