जाडोमा छालाको हेरचाह यसरी गर्नुहोस ?

समतापोष्ट
  २४ पुष २०७९, आईतवार १३:२०

काठमाडौं : जाडो मौसम छालाको लागि खासै अनुकूल मानिदैन् किनकी यसबेला बाहिरी वातावरण सुख्खा हुन्छ । चिसो र सुख्खापनाले छालामा सोझै असर पार्दछ । अझै काठमाडौंलगायतका शहरी क्षेत्रमा हुने धूलो धुँवाले छालालाई नकारात्मक असर पारिरहेकै हुन्छ । त्यसैले जाडोयाममा छालाको सौन्दर्य कायम राख्न अन्य समयभन्दा अलि बढी नै ध्यान दिनुपर्छ ।

छालाको चमक कसरी जोगाउने ?

१. छालालाई सुख्खा रहन नदिन अनुहारमा मोस्चराइजर तथा शरीरमा बडी लोसनको प्रयोग गर्ने ।

२. पर्याप्त मात्रामा पानीको सेवन गर्ने ।

३. अनुहारमा तातो पानीको बाफ लिने, यसले बन्द भएको रोमछिद्रलाई खुलाउँछ ।

४. हातले हल्का मसाज गर्ने । यसले अनुहारमा रक्तसञ्चारलाई बढाउँदछ ।

५. मौसमी फलफुलको सेवन गर्ने ।

६. सावुनको प्रयोग कम गर्ने अथवा मोस्चराईजिङ साबुन तथा फेस वासको प्रयोग गर्ने ।

७. ओठलाई सुख्खा हुन नदिन लिप बामको प्रयोग गर्ने ।

८. घाममा जानुभन्दा १५ मिनेट अगाडि राम्रो एसपिएफ भएको सनब्लक वा सनस्क्रिनको प्रयोग गर्ने ।

९. चिसो पानीमा धेरै समय काम नगर्ने ।

१०. धेरै तातो पानीले ननुहाउने ।

११. शारीरिक सरसफाइमा विशेष ध्यान दिने ।

१२. छालासम्बन्धी केही जटिल समस्या देखा परेमा छाला विशेषज्ञसँग तुरुन्तै परामर्श लिने ।

एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *