दलितको क्षमता विकास गर्न व्यक्तित्व विकास र उद्घोषण तालिम 

समतापोष्ट
  ३ माघ २०७९, मंगलवार १५:०७

भरतपुर । दलितहरुको क्षमता बिकास गर्ने उदेश्यले चितवनको भरतपुरमा दुई दिने ब्यक्तिगत बिकास,  उद्घोषणकला तथा प्रतिवेदन लेखन तालिम सुरु भएको छ । धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्च चितवनको आयोजनामा सोमबारबाट दुई दिने तालिम  शुरू भएको हो । 

भरतपुर महानगरपालिकाको आर्थिक सहयोगमा दलित समुदायको क्षमता विकास कार्यक्रम अन्तर्गत तालिम  शुरू भएको आयोजकले बताएको छ ।   

तालिम उद्घाटन कार्यक्रममा मञ्चका ज्येष्ठ नागरिक मञ्च संयोजक दलप्रसाद विश्वकर्माले तालिम एउटा सिकाई र अनुभव आदानप्रदानको थलो भएकाले प्रशिक्षकहरूले सकेजति आफ्नो क्षमता प्रस्तुत गर्ने र प्रशिक्षार्थीहरूले त्यसलाई निकै अनुशासित, लगनशील र मेहनतका साथ ग्रहण गर्न अनुरोध गरे ।

 धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्च चितवनको अध्यक्ष भीमप्रसाद विकको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर महानगरपालिकाकी पूर्व कार्यपालिका सदस्य धनकुमारी विश्वकर्मा, भरतपुर महानगर प्राज्ञ परिषद् सदस्य अमृता रामदाम (लाली), महिला उद्यमी तथा व्यवसायी ऋतु विश्वकर्मा, मञ्चका विज्ञ परामर्श समिति संयोजक चित्रबहादुर खाती विश्वकर्मा, अग्रजहरु पूर्णबहादुर विश्वकर्मा, शेरबहादुर विश्वकर्मा, दधिराम रामदाम अतिथिको रुपमा सहभागिता रहेको थियो। 

कार्यक्रममा उपाध्यक्ष लालबहादुर विश्वकर्माले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष राधेश्याम खतिवडा, मिडिया नेपाल चितवनकी अध्यक्ष समिक्षा पूरी र स्वर्ण खबर साप्ताहिकका सम्पादक टेकबहादुर विश्वकर्माले प्रशिक्षण दिनुभएको थियो।  तालिममा बिहानी समूह र दिवा समूह गरी १ सय प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो।  

दुई दिनसम्म सञ्चालन हुने तालिममा प्रशिक्षार्थीहरूले बोल्ने कला र प्रतिवेदन लेखनको आधारभूत शिक्षाहरू प्राप्त गर्ने मञ्चका महासचिव एवम् कार्यक्रम संयोजक अमिर रामदामले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *