रुबी खानसहित अधिकारकर्मी पक्राउ

समतापोष्ट
  ९ माघ २०७९, सोमबार १५:५१

काठमाडौं । निर्मला कुर्मीको न्यायको माग गर्दै आन्दोलनरत रुबी खानलाई प्रहरीले पक्राउ गरेको छ।

खानसहित अधिकारकर्मीको टोलीलाई नै र्‍यालीका क्रममा बबरमहलस्थित काठमाडौं जिल्ला अदालत अगाडिको बाटोबाट प्रहरीले पक्राउ गरेको हो।

उनीहरुले बाँकेकी निर्मला कुर्मीलाई बेपत्ता पारिएको घटनाको अनुसन्धान गर्न र आरोपित बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै आएका छन्।

माइतीघर मण्डलामा २४ दिनदेखी जारी धर्नामा आज बृहत् नागरिक आन्दोलनका अभियन्ताहरू पनि सहभागी भएका थिए।

प्रदर्शनका क्रममा महिला अधिकारको पक्षमा शिल्पी थिएटरका युवाहरूले सडक नाटक पनि देखाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *