चितवन । सुनचाँदी बचत तथा ऋण सहकारी संस्था लिमिटेड चितवन र विश्वकर्मा बचत तथा ऋण सहकारी संस्था लिमिटेड चितवनको संयुक्त आयोजनामा शेयर सदस्यहरू बीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ।
दिगो सहकारी संस्थाको लागि स्वस्थ शेयर सदस्यू भन्ने मूल नाराका साथ आज सोमबार क्षेत्रपुर फुटसल ग्राउण्डमा उक्त मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको थियो । फुटसल प्रतियोगितामा ८ टीमले सहभागिता लिएका थिए ।
उक्त फुटसल प्रतियोगितामा विश्वकर्मा साकोसको टीमले सुनचाँदी साकोसको टीमलाई ४-३ गोलले पराजित गर्दै बिजेता बनेको थियो। त्यस्तै भेट्रान तर्फ सुनचाँदी साकोसको टीमले विश्वकर्मा साकोसको टीमलाई २-१ गोलले पराजित गर्दै बिजेता बनेको थियो।
बिजेता टोलीहरुले ट्रफी, मेडल र नगद पुरस्कारहरु प्राप्त गरेका थिए । बिजेताहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य चित्रबहादुर खाती विश्वकर्मा र कार्यक्रमका सभाध्यक्ष सुनचाँदी साकोसका अध्यक्ष रूवेन रामुदामुले पुरस्कृत गरेका थिए।
प्रतियोगिताको मुख्य लक्ष्य शेयर सदस्यहरू बीच आत्मियता, भाईचारा र सद्भाव कायम रहिरहोस् भन्ने रहेको सुनचाँदी साकोसका प्रबन्धक रमेश रामदामले जानकारी दिएका छन्।
Leave a Reply