भारत जाने युवाहरु नेपालीबाटै ठगिए

समतापोष्ट
  १३ माघ २०७९, शुक्रबार १६:२३

भारत । सुदूरपश्चिमा हरेक बर्ष पर्वकै रुपमा मनाइने सबै चाड पर्व तथा मेलापर्व सकेर भारतका विभिन्न शहर जानेहरुको लर्को लाग्ने गरेको छ । भारत जानेहरु नेपाली एजेन्टबाटनै ठगिने गरेको पाइएको छ। कैलालीको गौरीफन्टा नाका हुँदै भारतको पलियाबाट सिधै बेङ्लोर पुर्याइ दिने भन्दै धनगढीबाट बेङ्लोर हिडेको बसबाट ठगिएका हुन् ।

भारतको कर्नाटकको देवापुर भन्ने ठाउँमा नेपालीहरु बीच बाटोमा अलपत्र परेका छन् ।

जयलक्ष्मीलाई प्रती यात्रु ४ हजार नेपाली रुपैयाँ तिरेर पलियासम्म पुगेका नेपालीहरुको साथमाा रहेको टिकेट थुतेर बसका मजदुरले आफैसंग राखेको र बसमा भएका सबै समान निकाल्न लगाएर गाडी धुन भनेर गएको तर यो समाचार तयार पार्दासम्म आई नपुगेको उनीहरुले सामाजिक संजाल मार्फत जानकारी दिए । 

मंगलबार धनगढीबाट बेङ्लोर पठाईदिने भन्दै धनगढी चौराहमा रहेको होटेल जयलक्ष्मिमा रहेको दिपक बिष्ट संचालक रहेको न्यु श्री पशुपतिनाथ जयलक्ष्मी टुर्स एण्ड ट्राभल्स प्रा.लि.नामबाट को नाममा भारतीय रुटमा चल्ने भारतीय नम्बरको बस भारतकै गाडी चालकको भरमा पठाएको उनीहरुका कारण सास्ती बेहोर्नु परेको सोहि बसमा यात्रा गरिरहेका ४८ वर्षका शङ्कर बलायरले बताए ।

७२ जनाको सिट क्षमता रहेको भारतीय KA.51.B.1230 नम्बरको उक्त बसमा क्षमताभन्दा बढी यात्रु कोचिएको छ । जस्मा बालबालिका सहित १०३ जना सवार रहेका छन । दुई जनाको सिटमा ६ जना बसेर यात्रा गर्नु समेत उनीहरुले बताए ।

रवि नाम गरेका बस चालक र गाडी सााँहुले यात्रु पठाउने समितिका ब्यक्तिहरुले बसको भाडा नपठाएको भन्दै भारतको कर्नाटकको देवापुर भन्ने ठाउँमा बिहीवार राती ११ बजेबाट शुक्रवारसम्म बस चल्न बन्द गरिदिएका छन ।

भारतमा नोकरी लागेपछी तिर्ने सर्तमा आफूहरु गाउँघरमा रिणको जोहो गरेर सिमित खर्चमा आएको तर आफ्नै नेपालीबाट ठगिएर बाटोमै बिचल्ली भएको उनीहरु बताउँछन् ।

बेङ्लोर पुग्ने सिमित खर्च बोकेका यात्रुहरु अलिे बिचल्लीमा परेका छन् । बझाङ घर भई बेङ्लोरमा बसोबास गर्ने  बस संचालक समितिका प्रतिनिधि ज्ञानेश्वर जोशीले सो बस नआए पनि अर्को बसमा गन्तब्यमा पुर्याउने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *