टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ३८ सय नाघ्यो

समतापोष्ट
  २४ माघ २०७९, मंगलवार ०८:४२

काठमाडौं । टर्कीको गाजी एन्टेप सहर नजिक केन्द्र बनाएर सोमबार बिहान गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ३८०० नाघेको छ ।

बीबीसीका अनुसार उक्त भूकम्पमा घाइतेको संख्या १२ हजारभन्दा बढी रहेको छ । भूकम्पका कारण टर्कीसँगै सिरियामा पनि धेरै नागरिकले ज्यान गुमाएका छन् । दुवै देशमा मृत्यु हुनेको संख्या चार हजार नजिक पुगेको छ ।

भूकम्पपछि उद्धार कार्यलाई तीव्रता दिनका लागि अन्तर्राष्ट्रिय उद्धारकर्मी टर्की पुग्ने क्रम जारी छ। सिरियामा केही राष्ट्रहरूले प्रतिबन्ध लगाएका कारण उद्धार तथा सहायता पुग्न ढिलाइ भइरहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले खबर लेखेका छन् ।

अलजजिराले टर्कीका सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै २ हजार ३१६ जनाको मृत्यु भएको उल्लेख गरेको छ । सिरियाली अधिकारीहरूले १ हजार ४४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *