डोटी । नेपाल सरकारका उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठ आज बिहीबार डोटी आउँदै छन् । मन्त्री श्रेष्ठ फागुन ४ देखि १४ गतेसम्म दिपायलमा आयोजित डोटी प्रादेशिक महोत्सवको उद्घाटन गर्न डोटी आउन लागेका हुन ।
मन्त्री श्रेष्ठले दिउँसो २ बजे महोत्सव उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक डोटी चेम्बर अफ कमर्सले जनाएको छ । महोत्सव उद्घाटन पछि मन्त्री श्रेष्ठले डोटीका विभिन्न राजनीतिक दलसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
उनले सुदूरपश्चिम प्रदेशको रणनीतिक महत्वको उत्तर दक्षिण जोड्ने राजमार्ग धनगढी-खुटिया-दिपायल हुँदै चैनपुर बझाङ देखी उरे भन्ज्याङ जोड्ने सडक लगायतका महत्त्वपूर्ण योजना निर्माणका बारेमा सम्बोधन गर्ने बताईएको छ । चालू आर्थिक वर्षमा बजेट विनियोजन नभएको कारण काम रोकिएको छ ।
Leave a Reply