राष्ट्रिय दलित पत्रकार संघलाई ‘अन्तर्राष्ट्रिय सेवा पुरस्कार’

समतापोष्ट
  १७ फाल्गुन २०७९, बुधबार १४:१०

क्यालिफोर्निया : अमेरिकास्थित एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसियन (क्यालिफोर्निया) ले अन्तर्राष्ट्रिय सेवा पुरस्कार– २०२३ घोषणा गरेको छ ।

एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशन क्यालिर्फोनियाका अध्यक्ष माधव मरासिनी र महासचिव दिपेश लामाले संयुक्त रुपमा एक विज्ञप्ति जारी गर्दै नेपालमा क्रियाशील १० वटा पत्रकारका संस्थाहरुलाई प्रदान गरिने जानकारी दिए ।

२५ फेब्रुअरी २०२३ मा बसेको सचिबालय बैठकले नेपालमा क्रियाशील १० वटा पत्रकारका संस्थाहरुलाई जनही १५० अमेरिकी डलर र ताम्रपत्र सहितको अन्तरास्ट्रिय सञ्चार सेवा पुरस्कार– २०२३ प्रदान गर्ने निर्णय गरेको अध्यक्ष मरासिनी र महासचिव लामाद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राष्ट्रिय दलित पत्रकार संघ, नेपाललाई पनि सम्मान गर्ने भएको छ । देशभर छरिएर रहेका दलित समुदायका श्रमजीवी पत्रकारलाई संगठित गरी पेशागत सुरक्षा समाबेशी संचार गृहका पक्षमा क्रियाशील भएको ठहरसहित सो संस्थाले “अन्तर्राष्ट्रिय सेवा पुरस्कार–२०२३”द्धारा सम्मान गर्ने निर्णय गरेको अध्यक्ष मरासिनीले जानकारी दिए।

महासिनीका अनुसार राष्ट्रिय दलित पत्रकार संघ,नेपाललाई दलित समुदायका पत्रकारहरुलाई संगठित गर्दै उनीहरुको दक्षता र पेशागत सुरक्षाको पक्षमा महत्वपूर्ण भूमिका खेलेकाले उत्कृष्ट संस्थाको रुपमा सम्मान गर्न लागिएको हो ।

यो पुरस्कार देउराली फ़ाउण्डेसनको संयोजनमा बिशेष समारोहको आयोजना गरि २०८० साल बैशाख ७ गते समर्पण गरिने बताइएको छ ।

अन्तरास्ट्रिय सञ्चार सेवा पुरस्कार– २०२३ बाट पुरस्कृत हुने अन्य संस्थाहरुमा आदिवासी जनजाति पत्रकार महासंघ,श्रमजीवी पत्रकार संघ, क्रियाशील महिला पत्रकार, मुस्लिम जर्नालिस्ट क्लब, मधेसी पत्रकार समाज, अपाङ्ग पत्रकार मंच, शिक्षा पत्रकार समूह, राष्ट्रिय स्वास्थ्य पत्रकार मंच र राष्ट्रिय  यातायात पत्रकार मंच रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *