कैलालीमा स्कुल बसको ठक्करले एक जनाको ज्यान गयो

समतापोष्ट
  २० फाल्गुन २०७९, शनिबार १३:४०

कैलाली । कैलालीमा स्कुल बसले ठक्कर दिँदा एक जना बृद्धाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–६ को खैरानामा माउन्ट शैपाल स्कुलको से १ क ४४१ नम्बरको बसले ठक्कर दिँदा सोही ठाउँ बस्ने ६५ बर्षिया बाटुबट्टे आलेमगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते भएका आलेमगरको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ ।

यसैबीच, घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । दोषीलाई कारवाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग गर्दै उनीहरुले राजमार्गमा अवरोध सिर्जना गरेपछि सवारीसाधन चल्न सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *