महिलालाई क्षमता विकास तालिम

समतापोष्ट
  १२ चैत्र २०७९, आईतवार १४:१०

धनगढी । कैलालीको चुरे गाउँपालिकामा महिलाको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । चुरे गाउँपालिकाको कार्यालय घरखेडामा चुरे गाउँपालिकाको महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाले आयोजना गरेको क्षमता विकास सम्बन्धी दुई दिने तालिम शनिबार सम्पन्न भएको हो ।  

गाउँपालिकाका छ वटै वडाका महिला समूह,संजाल र सहकारीमा आबद्ध अगुवा महिलाहरुको क्षमता विकास गरी समुदायमा महिला हिंसाविरुद्धको अभियान तथा आर्थिक शसक्तिकरणका बारेमा सचेतना जगाउने उद्देश्यले तालिम आयोजना गरिएको महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख लक्ष्मि पन्तले जानकारी दिइन । 

विभिन्न महिला समुहका ३६ जना महिलाहरु सहभागी तालिममा लैगिंक विभेद, महिला अधिकार, मानव अधिकार, घरेलु हिंसा, नेतृत्व विकास,समूह,संजाल तथा सहकारी संस्था व्यवस्थापन लगायतका बिषयमा छलफल गरिएको थियो। डिग्निटी फाउण्डेसन नेपालकी अध्यक्ष रुक्मणी परियार,समता मिडिया सेन्टरका कार्यकारी अध्यक्ष मिलन परियारले तालिमको सहजिकरण गरेका थिए।

सो तालिमको समापन गाउँपालिका उपाध्यक्ष धना थापाले गरेकी थिईन भने तालिममा डिग्निटी फाउण्डेसन नेपालीकी अध्यक्ष रुक्मणी परियार र पत्रकार मिलन परियारले महिलाहरुको क्षमता विकास कसरी गर्ने सम्बन्धमा सहजिकरण गरेका थिए ।

छ वटै वडाका महिला समूह,संजाल र सहकारीमा आबद्ध अगुवा महिलाहरूलाई लक्षित गरी सञ्चालन गरिएको तालिम शुक्रबार र शनिवार दुई दिनसम्म चलेको थियो ।

गाउँपालिकाका छ वटै वडाका महिला समूह,संजाल र सहकारीमा आबद्ध अगुवा महिलाहरुको क्षमता विकास गरी समुदायमा महिला हिंसाविरुद्धको अभियान तथा आर्थिक शसक्तिकरणका बारेमा सचेतना जगाउने उद्देश्यले क्षमता विकास सम्बन्धी दुई दिने तालिम आयोजना गरिएको गाउँपालिका अपाध्यक्ष धनाले बताईन् । 

तालिमका सहभागीहरुले समुदायमा गएर महिला हिंसा, बाल विवाह, घरेलु हिंसा न्यूनिकरणका लागी जनचेतनामूलक अभियान सन्चालन गर्ने बताएका छन्। गाउँपालिका उपाध्यक्ष धना थापाका अनुसार तालिमले महिलाहरुको क्षमता विकासमा सहयोग पुर्याउने छ। 

थापाका अनुसार यो तालिमले महिलाहरुमा सामुहिक नेतृत्वको भावना जगाएको छ भने महिलाका मुद्दा उठान गर्न सहज हुने छ। तालिममा सहभागी महिलाहरुको उत्साह देखेर महिला हिंसा,बाल विवाहका घटनामा कमी ल्याउन पनि टेवा पुग्नेछ भने पैरबी गर्न सक्षम हुनेछन्। तालिम समापनको अन्त्यमा आगामि दिनमा महिलाहरुको मुद्दामा सचेत भएर अगाडि बढ्ने थापाले प्रतिबद्धता व्यक्त गरिन । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *