गौरीगंगा गोल्डकपको खेल तालिका सार्वजनिक

समतापोष्ट
  १९ चैत्र २०७९, आईतवार ०८:०८

धनगढी । कैलालीको गौरीगंगा नगरपालिकामा आयोजना हुने तेस्रो सुदूरपश्चिम गौरिगंगा गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । खेल आयोजक गौरीगंगा–११ स्पोर्टस क्लबले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

‘खेलौ फूटबल रमेर, फूटबलको संदेश, शान्ति स्थायीत्व र एकताबद्ध देश’ भन्ने नाराका साथ आयोजनामा हुने प्रतियोगिता चैत २१ गतेदेखि ३० सम्म हुनेछ ।

१० टिमको सहभागिता रहने खेलमा विजेतालाई ट्रफि सहित नगद ४ लाख र उपविजेता नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत अन्य विद्याका खेलाडीलाई नगद १० हजार पुरस्कार दिइने छ भने प्रतियोगिताको ‘म्यान अफ द म्याच’ नगद ५ हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *