रास्वपाका सांसदले गरे जातीय छुवाछूत गर्नेलाई कारवाहीको माग

समतापोष्ट
  १९ चैत्र २०७९, आईतवार १८:१८

काठमाडौं । कास्कीमा भएको जातीय विभेद तथा छुवाछूतको घटनामा संलग्न दुई जना व्यक्तिमाथि कारवाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा) का सांसद शिव नेपालीले माग गरेका छन् । प्रतिनिधि सभाको आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

कास्कीबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने रास्वपाका सांसद नेपालीले कास्कीमा गत फागुन २५ गते दलितले छोएको भन्दै भतेर घोप्ट्याइएको र उक्त घटनामा वडा अध्यक्ष रामजी लामिछाने र स्थानीय सरिता लामिछानेमाथि कडा भन्दा कडा कारवाहीको माग गरेका छन् ।

उनले फरार रहेका दुवै जनालाई पक्राउ गरेर हदैसम्मको कानूनी कारबाही गर्न माग गरेका हुन् । २१ औ शताब्दीमा पनि अझै छुवाछुत कायम रहनु निन्दनीय कार्य भएको उनको भनाई छ । देशमा गणतन्त्र आए पनि दलित समुदायलाई गणतन्त्रले नछोएको नेपालीको टिप्पणी छ ।

उनले भने, माननीय सभामुख महोदय, दलितले छोएको भन्दै भतेर घोप्ट्याइएको भन्ने शिर्षकमा समाचार आएको छ कास्किमा । कास्की जस्तो शिक्षित शहरमा गत फागुन २५ गतेको घटना, दलितले छोएको भन्दै भतेर घोप्ट्याउने घटना भएको स्थान हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *