काठमाडौं । सरकारले बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख २४ गते बजेट अधिवेशन बोलाउन सिफारिस गरेको हो ।
गएको शुक्रबारबाट संसदको हिउँदे अधिवेशन अन्त्य भएको थियो ।
यो अधिवेशनमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट पेस हुने छ ।
Leave a Reply