नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार झुक्न हुँदैन : माधव नेपाल

Samata Khabar
  २४ बैशाख २०८०, आईतवार १०:२९

विराटनगर । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार झुक्न नहुने बताएका छन् । तर निर्दोष नफसुन् र दोषी नउम्किउन् भनेर सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा नडगमगाइकन कारबाही अघि बढाउनुपर्ने धारणा राखे ।

उनले भने, ‘सरकारका प्रधानमन्त्री भन्नुस्, गृहमन्त्री भन्नुस् उहाँहरुले भनेका कुरामा र अरुले पनि बोलेका कुरा सुन्दाखेरि भित्रभित्रै दबाव दिइरहेका होलान् त्यो आफ्नो ठाउँमा छ । तर दबावको सामु झुक्नु हुँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *