अमेरिका : जात छ र जातकै नाममा दादागिरी (विशेषाधिकार उपभोग) गर्नेका खलकहरुबाट नै हिजो तुच्छ भाषामा त शब्दको प्रयोग हुन्थ्यो भने आज सभ्य भाषा प्रयोग गरि हेपाहा प्रवृति सामाजिक संजालहरुका कमेन्टमा खुब देखियो,पढियो ।
दलित भएकै कारण काठमाडौंमा डेरा पाउनबाट बंचित संचारकर्मी रुपा सुनार प्रकरणले नयाँ बहससंगै पढेलेखेकाहरुको पनि पुरानै चिन्तन छताछुल्ल पढ्न पाइयो । यस्ले के पष्ट पारेको छ भने बैदिक कालदेखी कथित बाहुनहरुले प्राप्त गर्दै आएको जातीय श्रेष्ठता यथावत रहन जात व्यवस्था कायम राखि राख्न चाहान्छन् ।
हिन्दु बर्ण व्यवस्थामा आधारित जात व्यवस्थाले कथित बाहुनहरुलाई पहिलो श्रेणीको जात मानेको छ भने दलितलाई चौथो श्रेणीको शूद्र मानेको छ जो अबैज्ञानिक छ । बिज्ञान सत्य चिज हो । बिज्ञान अनुसार मान्छेको जात मान्छेनै हो तर पनि भारतका तत्कालिन हिन्दु मनुराजाले आफ्नो शासन सत्ता टिकाउन ब्राम्हण,क्षेत्री,बैश्य र शूद्र चार तहमा विभाजन गरेर जात व्यवस्थाा लागु गरेका थिए ।
मनुकालदेखी जात व्यवस्था चलि रहेको छ । नेपाल र भारतको प्रमुख समस्या भनेको जात व्यवस्था हो । जात व्यवस्थाकै कारण दलितहरुमाथी जातीय विभेद तथा छुवाछुतको व्यवहार गरिदै आएको । त्यसैले जात व्यवस्थाको अन्त्य विना विभेदबाट मुक्ती पाउनु असम्भव छ ।
इतिहासकाल देखिकै हेरौ, अहिले कै कुरा २/४ जना दलितले राम्रो लेखपढ गर्यो, उच्च पदमा पुग्यो वा केहि राम्रो ठाउँमा पुग्यो भने यिनलाई उनकै खलक पनि पछि परेझै लाग्छ। पछि पर्नु र कालखण्ड देखि पछि पार्नु यिनलाई एउटै लाग्छ।
कथित बाहुन पनि गरिब हुनु दुख लाग्दो कुरा हो तर यिनको मतिले एउटा गरिब बाहुन र दलितले भोगेको पिडा किन एउटै लाग्छ ? बाहुन जतिसुकै गरिब भए पनि छुवाछुत सहितको भेदभाब कहिल्यै खेप्नु परेको छैन् यो कुरा किन बुझपचाएका होलान ?
कथित बाहुनहरुको सोच भनेको दलितहरुमाथी कसरी दमन गरीरहने ? कसैगरी पनि माथि उठ्न नदिने ? आफुले जन्मजात पाएको जातको उच्चता कसरी जोगाइ राख्ने ? सामाजिक न्याय र समानताको पक्षमा चौतर्फी उठेका आवाजहरुलाई कसरि दबाई राख्ने भन्ने मनुवादी चिन्तननै प्रमुख देखिन्छ ।
यही हो हामी समान छौ भनेर विभेद कायम राखिराख्ने विभेदकारी काइदा । कुसंस्कार मनमा बोकेर हिड्ने जो कोहि, समस्यालाई समस्यानै देख्दैन्,अरुको अस्थित्व स्वीकार नगर्ने र सतहमा आएका समस्यालाई पनि नदेखेझै गर्ने नीच विचार बुद्धिजिबी विरुद्धको एकताबद्ध अभियान समस्या रहेसम्म जारि रहन्छ र रहनु पर्छ ।
विभेद विरुद्ध नबोल्नु, बोल्नेहरुलाई समेत नबोल भन्नुलाई भुझ्नु पर्छ केहि षड्यन्त्र छ। जहासम्म आरक्षणले समस्या सिर्जना गर्छ भन्नेहरुलाई यतिमात्र भनौ अहिलेसम्म देशमा शासन गर्ने जाति/खलकहरुनै देश बिगार्ने, भ्रष्टाचार गर्ने,बर्तमान समस्या, कुसंस्कारको प्रमुख जडनै एकल जातीय रामराज्य हो। एति कुरा बुझ्यौ भने सबै समस्याहरुको समाधान निस्कन्छ । नत्र भने संसारका जुनसुकै ठाउँमा बसे पनि तिमीसंगै तिम्रो कुसंस्कार रहिरहन्छ ।
जातीय विभेद विरुद्धको अभियानमा केही सकारात्मक सोच भएकाहरु पनि अबस्य लागि परेका छन् । ती मानवताबादी विचार भएका साथीहरुलाई जातीबाद विरुद्धको लडाईमा अग्रमोर्चामा रहेर अभियानको नेतृत्व गर्न अपिल गर्दै धन्यबाद पनि दिन चाहान्छु ।
नेपाली विगत लामो समयदेखी परिवारसहित मेरिल्याण्ड अमेरिका बस्दै आएका छन् ।
Leave a Reply