महिला र मतवालीहरुलाई जनै किन नदिएको ?

सुशील बिके
  १४ मंसिर २०८१, शुक्रबार १०:००

काठमाडौं : महिला र मतवालीहरुको रक्षा हुनुपर्दैन ? उनीहरुलाई ज्ञान चाहिदैन र ? उनीहरुलाइ जनै किन नदिएको त ?

म पूर्विय दर्शनको अध्ययन गरिरहेको हुँदा यसमा भएका राम्रा कुराहरुलाइ गर्वका साथ विश्वव्यापी गराउनुपर्छ र यहाँ भएका गलत कुराको कडा विरोध गरि अन्त्य गर्नुपर्छ भन्ने मान्यता राख्दछु ।

म आफूपनि हिन्दु संस्कार अंगाल्ने भएकोले यसका गलत पक्षको विरोध गर्ने अधिकार राख्छु ।

मेरो अध्ययनले मनुस्मृतिमा आधारित वर्ण र जात व्यवस्था अनि पितृसत्तानै पूर्विय दर्शन र हिन्दु धर्मको सवैभन्दा ठूलो कमजोरी हो ।

जात र लिंगका आधारमा हरेक काम गर्ने काम दुनियाँका लागि अनौठो लाग्ने विषय हो ।

र जनै यही जात व्यवस्था र पितृसत्तालाइ स्थापित गरेको विषय हो । जनै धारणको अर्थ ज्ञान सुद्धता र सुरक्षा कवच हो भने महिला र मतवालि सहित ९० प्रतिशत मानिसहरुलाई किन वञ्चित गरियो ? र विभेद गरियो ? यसैले जनै जात जनाउने र जनै धारण गर्नेलाइ उच्च र अरुलाइ निच देखाउने विभाजनकारी र विभेदकारी हो भन्ने कुरामा कुनै अलमल हुनुपर्ने देखिन्न । यसमा हजार तर्कले पनि खण्डन गर्न सक्दैनन ।

इतिहासमा जहाँबाट विभेद र असमानता र वञ्चितिकरणको शुरुवात भयो त्यहीबाट अन्त्यका थालनी हुनुपर्छ ।

अर्थात वर्ण र जात व्यवस्था अनि पितृसत्ताको अन्त्य हुनु पर्छ । यसका लागि  प्रगतिशील व्यक्तिहरुको भूमिका प्रभावकारी हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *