सुत्नु अघि अनुहारमा लगाउननुहोस यी २ चिज

समतापोष्ट
  १४ मंसिर २०८१, शुक्रबार १०:३९

काठमाडौं : आफनो मुहार सुन्दर बनाउनका लागि महिलाहरुले धेरै कार्यहरु गरिरहेका हुन्छन, ताकी आफनो मुहार अझै निखार र सुन्दर देखियोस् । यसका लागि उनीहरुले ब्युटी पार्लरमा गएर महंगो खर्चसमेत गरिरहेका हुन्छन् ।

तर, तपाईलाई यो थाहा नहुन सक्छ कि आफनै घरमा भएका सामाग्रीहरु प्रयोग गरेर ब्युटी पार्लरमा महंगो खर्च गरेर आएको जस्तै मुहारमा निखार तथा चमक ल्याउन सक्नु हुन्छ । त्यसका लागि तपाईले टमाटर र कागती प्रयोग गरेर मुहारलाई अझ सुन्दर बनाउन सक्नु हुन्छ ।

कागतीमा भिटामिन सी पाईन्छ भने टमाटरमा पाइने भिटामिन बी र एन्टी आँक्सीडेंन्टका कारण मुहारमा प्राकृतिक निखार ल्याउन मद्यत गर्दछ ।

आउनुहोस, जानी राखौं– घरमा सजिलै बनाउन सकिने घरेलु मेकअप प्याक र यसवाट हुने फाईदाका बारेमा ।

मुहारमा कागती टमाटर लगाउनुको फाईदाः

छालालाई शितलताः चर्को घामले छालामा समस्या ल्याईरहेको हुन्छ । यस्तो बेला मुहारमा टमाटरको प्रयोग गरेमा शितलता प्रदान गर्दछ । टमाटरमा पाउने तत्वले छालाको जलनमा शितलता प्रदान गर्न मदत गर्दछ ।

सफा र चम्किलो मुहारः टमाटर र कागतीले छालाको टैनिगको कम गर्न मद्य तगर्दछ । यसका साथै मुहारमा आएको दाग र धब्बाको कम गर्नका लागि पनि उपयोगी रहेको छ ।

एन्टी–एजिंग मास्कः टमाटरमा भिटामिन बी र एन्टी एजिंग गुणहरु पाइन्छ । जो छालालाई जवान देखाई रहनका लागि मद्यत गर्दछ । यसका लागि कागतीको रसमा महको मिलाएर अनुहारमा लगाउनुहोस र १५ मिनेट पछि सफा पानीले अनुहार पखाल्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *