जाडोमा छालाको हेरचाह कसरी गर्ने ?

समतापोष्ट
  १४ मंसिर २०८१, शुक्रबार १०:४८

काठमाडौं : मौसम परिवर्तन हुदाँ मानिसमा विभिन्न समस्याहरु देखा पर्न थाल्छ। जाडोको मौसममा छाला लगायत विभिन्न अंगमा रोगले आक्रमण गर्ने सम्भावना बढी हुन्छ। जाडो महिनामा छाला फुट्ने, ओठ फुट्ने जस्ता समस्याहरु देखिन थाल्छ। त्यसैले जाडो मौसममा हामीले हाम्रो शरिरको विशेष ध्यान दिनु पर्दछ।

जाडो मौसममा छालाको हेरचाह गर्ने उपायहरु यस प्रकार रहेका छन्ः (जाडो मौसममा साबुनको कम प्रयोग गर्नु पर्दछ। (जाडो महिनामा चिसो होला भन्ने डरले कम पानी पिउने बानी धेरैमा हुन्छन्। तर जाडोको मौसममा पनि प्रशस्त मात्रामा पानी पिउनु पर्दछ। (चिसो पानीमा धेरै समय नबिताउनु् हुदैन। (घाममा जानुअगाडि सन ब्लक क्रिम तथा लोसनको प्रयोग गर्नू पर्दछ। (छालाको प्रकार अनुसार मोस्चराईजर प्रयोग गर्नु पर्दछ। (हात खट्टामा मोजा पञ्जाको प्रयोग गर्नु पर्दछ। (विहान पखको न्यानो घाममा बस्ने गर्नुपर्दैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *