‘जात व्यवस्था’ उन्मूलन बारे बिमर्श

समतापोष्ट
  १४ मंसिर २०८१, शुक्रबार १६:५२

अत्तरिया : कैलालीको अत्तरियामा जात व्यवस्था उन्मूलनका बारेमा बिमर्श गरिएको छ । जात व्यवस्था उन्मूलन मोर्चा कैलाली जिल्ला समितिको आयोजनाले गरिएको बिमर्शमा जात व्यवस्था विरुद्धको हस्तक्षेप बढाउनु पर्ने निश्कर्ष निकालिएको छ ।

जात व्यवस्था विरुद्धको प्रारम्भिक हस्तक्षेप : दोस्रो जागरण अभियान अन्तरगत बिमर्श गरिएको हो ।
बिमर्शमा समाजमा अझै ब्याप्त रहेको जातीय विभेद तथा छुवाछुत, अन्तरदलित विभेद अन्त्यका लागि रणनितिक रुपमा अभियान थाल्नु पर्ने बारे ब्यापक छलफल गरिएको थियो ।

बिमर्शमा आफ्ना बिचार राख्दै वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका प्रवक्ता श्याम कुँवरले ३५ सय बर्ष देखि चलेको जात व्यवस्थाले नेपाली समाजलाई भिखारी र कङ्गाल बनाएको बताए । उनले जात व्यवस्थाले नेपालका ६० लाख दलित पशु भन्दा तल्लो दर्जामा बाँच्न बाध्य भएको बताए । जात व्यवस्थाले दलित मात्रै नभएर ब्राह्मण, क्षेत्रीलाई पनि गरिब बनाएको भनको भनाई छ । ‘जात व्यवस्थाका विरुद्ध लड्न दलित मात्रै नभएर गैर दलित पनि तयार हुनुपर्ने उनले बताए ।

संचारकर्मी मिलन कार्कीले जात व्यवस्था अन्त्यका लागि हस्तक्षेत्र बढाउनु पर्ने बताए । उनले जात व्यवस्था अन्त्यका लागि विभिन्न दलहरूमा आबद्ध भएकाहरूले आवाज उठाउनु पर्ने बताउँदै उनले त्यो सम्भव नभएर पार्टीमा बस्नुको औचित्य नभएको बताए ।

दलित अगुवा मिठ्ठु बादीले राज्यले पछाडि पारिएको दलित समुदायका मुद्दा सुनवाइ नगरेको बताइन् । उनले सडक किनारामा बस्ने भुमिहिन वादी समुदायलाई उठिबास लगाइएको गुनासो गरिन् । जात ब्यवस्था बिरुद्ध सशक्त प्रतिरोध गर्नुपर्ने बारे सहभागीहरुबीच बिमर्श गरिएको थियो। बिमर्श कार्यक्रमको संचालन जात ब्यवस्था उन्मूलन मोर्चाका केन्द्रीय सदस्य रबि नेपालीले गरेका थिए । भने कार्यपत्र प्रस्तुती वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका सदस्य यशोदा बरालले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *