बहुमुखी क्याम्पसले सिपमूलक तालिम सञ्चालन गर्ने

समतापोष्ट
  १४ मंसिर २०८१, शुक्रबार १७:०३

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिकास्थित श्रीकोट बहुमुखी क्याम्पसले यही मंसिर १७ गतेदेखि ३० दिने सिपमूलक तालिम सुरु गर्ने भएको छ ।

क्याम्पसको गैह्र क्रेडिट पाठ्यक्रम अन्तरगत बाँस, निगालोको सामग्री निर्माण सम्बन्धी एक महिने तालिम सञ्चालन गर्न लागिएको क्याम्पस प्रमुख दानसिंह कार्कीले बताए । तालिममा सहभागी हुन इच्छुक विद्यार्थी तथा अन्य सहभागीहरुले मंसिर १५ गतेसम्म क्याम्पस प्रशासनमा नाम दर्ता गरिसक्नुपर्ने बताइएको छ ।

यस तालिमबाट स्थानीय स्तरमा उपलब्ध हुने कच्चा पदार्थको उपयोग गरी आर्थिक उपार्जनको काम गर्न सकिने भएकाले युवाहरुका लागि उपलब्धिमूलक हुने क्याम्पस प्रमुख कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *