वन हेरालुलाई जंगली हात्तीको बथानले आक्रमण गर्‍यो

समतापोष्ट
  २६ मंसिर २०८१, बुधबार १४:०९

कञ्चनपुर । जंगली हात्तीले आक्रमण गर्दा कञ्चनपुरको पुनर्वास नगरपालिका-१० का ६० वर्षीय परी विष्ट गम्भीर घाइते भएका छन्।

स्थानीय मधु सामुदायिक वनमा वनगस्तीमा रहेका बेला मंगलबार साँझ वन हेरालु विष्टमाथि हात्तीले आक्रमण गरेको हो।

झाडीबाट निष्केको हात्तीको बथानले आक्रमण गर्दा विष्टको छातीमा गम्भीर चोट लागेको कुण्डा सवडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले जानकारी दिए।

घाइते विष्टको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालको सघन उपचार केन्द्र (आईसीयू) मा उपचार भइरहेको छ।

वन क्षेत्रमा हात्तीका दुई छावासहित २०/२५ को सङख्यामा हात्तीको बथान रहेका स्थानीयले बताएका छन्।

जङ्गली हात्ती लालझाडी संरक्षित वन क्षेत्रमै भएकाले छेउछाउका बस्तीका बासिन्दालाई सतर्कता अपनाउनका लागि आग्रह गरिएको कार्यालय प्रमुख यादवले जानकारी दिए। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *