एमाले डोटीको अध्यक्षमा मञ्जु मलासी निर्वाचित

समतापोष्ट
  २ पुष २०८१, मंगलवार १५:२६

डोटी । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० जिल्ला कमिटी डोटीको अध्यक्षमा मञ्जु मलासी निर्वाचित भएकी छिन् । एमाले डोटीको नवौं जिल्ला अधिवेशनबाट निकटम प्रतिद्वन्दी शेरबहादुर मल्ललाई पराजित गर्दै मलासी अध्यक्षमा निर्वाचित भएकी हुन् ।

मंगलबार बिहान सार्वजनिक भएको निर्वाचन परिणाम अनुसार मलासीले आफ्ना प्रतिस्पर्धी शेरबहादुर मल्लभन्दा ४४ मत बढी ल्याएकी छिन् । मलासीले दुई सय १५ प्राप्त गर्दा मल्लले एक सय ७१ मत प्राप्त गरेकि थिइन् ।

मंसिर २८ गतेबाट सुरु भएको नवौं जिल्ला अधिवेशनमा चार सय १२ जना प्रतितिधि रहेका थिए । निर्वाचन समितिका संयोजक अधिवक्ता नवराज भट्टका अनुसार सोमबार सम्पन्न भएको निर्वाचनमा तीन सय ९३ जना प्रतिनिधिहरुले मतदान गरेका थिए ।

अधिवेशनबाट जिल्ला कमिटी उपाध्यक्ष पदमा खगेन्द्र बढैला, सचिवमा पदमराज भट्ट, खुला उपसचिवमा डम्मरसिंह डौडी र महिला उपसचिवमा बिस्ना देवी सिंह निर्वाचित भएका छन् । २०८० चैतमा सम्पन्न हुनुपर्ने एमाले डोटीको जिल्ला अधिवेशन प्रतिनिधि छनोटमा विवाद उत्पन्न भएपछि २०८१ मंसिरमा सारिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *