सुदूरपश्चिम महोत्सव ४ दिन थपियो

समतापोष्ट
  २ पुष २०८१, मंगलवार १५:३८

धनगढी । धनगढीमा संचालन भईरहेको सुदूरपश्चिम महोत्सवको अवधि ४ दिन थप गरिएको छ । मंसिर २२ गतेबाट सुरु भएको सुदूरपश्चिम महोत्सव पुस २ गते सकिने भएपनि दर्शकको मागलाई मध्यनजर गर्दै पुस ६ गते सम्म थप गरिएको महोत्सव सचिवालयले जनाएको छ ।

महोत्सव आयोजक कैलाली उद्दोग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवँरले दर्शकको मागलाई मध्यनजर गर्दै ४ दिन थप गरिएको बताए । उनले ४ दिन थप गरेर पुस ६ गते शनिबार समापन गरिने जानकारी दिए ।

हरेक बर्ष यसै समयमा संचालन भईरहेको महोत्सवले यस क्षेत्रको आर्थिक गतिबिधी चलायमान भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *