जनकपुरले सुदूरपश्चिमलाई दियो १४० रनको लक्ष्य

समतापोष्ट
  ३ पुष २०८१, बुधबार १५:५३

काठमाडौँ । नेपाल प्रिमियर खेलको फाइनलका प्रवेशका लागि जनकपुर बोल्टसले सुदरपश्चिम रोयल्सलाई १४० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन जोडेको हो ।

जनकपुरका लागि जिमी निशमले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४५ रन जोडे । यस्तै लाहिरु मिलन्थाले १२ रन र आशिफ शेखले ११ रन जोडे ।

आजको खेल विजेता फाइनलमा प्रवेश गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *