ओस्कार प्रतिस्पर्धाबाट बाहिरियो ‘शाम्बाला’

समतापोष्ट
  ३ पुष २०८१, बुधबार १६:०१

काठमाडौँ । ओस्कार अवार्डमा प्रतिस्पर्धाका लागि नेपालबाट सिफारिस भएको मिनबहादुर भामको फिल्म ‘शाम्बाला’ प्रारम्भिक चरणबाटै बाहिरिएको छ । यो फिल्म ओस्कारको सर्ट लिस्टबाट बाहिरिएको हो ।

नेपालको प्रतिनिधित्व गरेको ‘शाम्बाला’ मात्र नभएर भारतबाट ओस्कारका लागि सिफारिस भएको ‘लापत्ता लेडिज’ पनि यो प्रतिस्पर्धाबाट बाहिरिएको छ । एसियाली राष्ट्रबाट थाइल्याण्डको फिल्म ‘हाउ टु मेक मिलियन्स बिफोर ग्राण्डमा डाइज’ मात्र छनोट भएको छ । अरु एसियाली राष्ट्र सर्ट लिस्टबाटै बाहिरिएका हुन् ।

विभिन्न महोत्सवमा कैयन् अवार्ड जितेको निर्देशक भामको फिल्म ‘शाम्बाला’ ओस्कारमा मनोनयन हुने अपेक्षा गरिएको थियो ।

विश्वको ध्यान तान्ने ओस्कार जितेको फिल्मलाई विश्व फिल्म जगतमा विशेष महत्त्वका साथ हेर्ने गरिन्छ । ‘शाम्बाला’ ले नेपालमा प्रदर्शन हुँदा पनि दर्शक तथा समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो । भारतीय अभिनेता नवाजुद्धिन सिद्दिकीले पनि फिल्मको खुलेर तारिफ गरेका थिए भने उनी प्रचारका लागि नेपाल समेत आएका थिए ।

ओस्कारको सर्ट लिस्टमा विश्वभरबाट १५ वटा फिल्म छानिएका छन् । तीमध्येबाट ओस्कारले अन्तिम पाँच फिल्म छनोट गर्नेछ भने त्यसपछि एउटा फिल्मले अवार्ड हात पार्नेछ । पूरा सूची हेर्न यहाँ क्लिक गर्नुहोस्

https://press.oscars.org/news/97th-oscarsr-shortlists-10-award-categories-announced

Leave a Reply

Your email address will not be published. Required fields are marked *