बाजुरालाई केन्द्र बनाएर ५.२ रेक्टरको भूकम्प

समतापोष्ट
  ६ पुष २०८१, शनिबार ०९:३०

बाजुरा। बाजुरा केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । जगन्नाथ गाउँपालिका–५ गोत्री क्षेत्र आसपास केन्द्रबिन्दु भएर बिहान चार बजेर १४ मिनेटमा ५ दशमलव २ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ भूकम्पको धक्का बाजुरासहित सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा महसुस गरिएको छ ।

भूकम्पबाट क्षति वा हताहत भएकोबारेमा अहिलेसम्म कुनै जानकारी प्राप्त हुन नसकेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले भूकम्पको केन्द्रबिन्दु गोत्री क्षेत्रसहित अरु ठाउँको अवस्था बुझ्न सुरक्षाकर्मीलाई खटाउने तयारी भइरहेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *