दलित र गैरदलितका छुट्टा-छुट्टै कुवा

सुर्खेत । पश्‍चिम सुर्खेतको चौकुने गाउँपालिकास्थित-९ घाँटगाउँका दलित समुदायले खानेपानीको लागि छुट्टै कुवा प्रयोग गर्दै आएका छन् । वर्षौंदेखि यो बस्तीमा दलित र गैरदलितका छुट्टा-छुट्टै कुवा छन् । स्थानीय मनिसरादेवी विकले आफूहरुले छुट्टै कुवा प्रयोग गर्दै आएको बताइन् । मनिसराको टोलमा १५ घर परिवारले छुट्टै कुवाको पानी प्रयोग गर्दै आएको उनको भनाइ छ । ‘हामीलाई अरु […]

जाजरकोटका मुक्त हलियाको गुनासो : व्यवस्था फेरियो हाम्रो अवस्था फेरिएन

जाजरकोट |  पुस्तौदेखि हलिया बस्दै आएका जाजरकोटको जुनीचाँदे गाउँपालिका दहका गानो दमाईको परिवार हलियाबाट मुक्त हुँदा १२ बर्ष अघि निकै खुसी भएका थिए । हलियाबाट मुक्त भएपछि जीवन निर्वाहमा सहजता आउने उनहरुको विश्वास थियो । तर अहिले उनी सोचे  नभएपछि निराश छन् । सरकारले २०६५ साल भदौ २१ गतेका दिन हलिया मुक्तीको घोषणा गरेपछि पुस्तौ देखिको […]

हिमपहिरोमा परेर जुम्लाका तीन जनाकाे मृत्यु

मुगु ।  हिमपहिरोमा परेर तीन जना मृत्यु भएको छ । शनिवार जुम्लाको पातारासी गाउँपालिका–२ निवासी ३५ वर्षीय वीरबहादुर बोहरा, ४० वर्षीया तारासी सार्की, ३५ वर्षीया पुन्न सार्कीको मृत्यु भएको जनाइएको छ । उनीहरूको मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका २ च्यार्खु भन्ने लेकमा मृत्यु भएको जुम्ला प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए । १५ जनाको टोली शनिवार […]

प्रहरी निरीक्षकबाट निर्घात कुटिए प्रहरी हवल्दार

डोल्पा । जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी निरीक्षक नविन चापागाईंले विना कारण प्रहरी हवल्दारलाई कुटपिट गरेका छन् । उनले शनिबार बिदामा रहेका हवल्दार हरि आरसीलाई कार्यालयमा बोलाई कुटपिट गरेका हुन् । जिल्ला कारागार, डोल्पामा कार्यरत सल्यान सिद्धकुमाख गाँउपालिका वडा नम्बर ३ घर भएका ३७ वर्षीय आरसीको बायाँ आँखा, नाक र मुखमा गहिरो चोट लागेको […]

टुकी बालेर सुत्केरी गराउनु पर्ने बाध्यता

हुम्ला। हुम्लाको दुर्गमका स्वास्थ्य चौकीमा रहेका प्रसूति गृहमा विद्युत सुविधा नहुँदा टुकी बालेर सुत्केरी गराउनु पर्ने बाध्यता रहेको छ । विद्युत् आपूर्ति गर्दै आएको हिल्दुम विद्युत वितरण केन्द्रको चर्को लोड सेडिङका कारण स्वास्थ्यकर्मीलाई मोबाइल र अन्य टर्च लाइट बालेर सुत्केरी गराउनु परेको हो । जिल्ला सदरमुकास्थित सिमकोट गाउँपालिका वडा १ र २ को ठेहे गाउँको […]