इन्द्रेणी विवाह दर्ताको अवस्था र चुनौती
काठमाडौँ : संविधानको धारा १६ मा,’प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ’भनिएको छ। धारा १८ मा,’सबै नागरिक कानुनको दृष्टिमा समान हुनेछन्। कसैलाई पनि कानुनको संरक्षणबाट वञ्चित गरिनेछैन,’भनिएको छ। संविधानमा भएको यो व्यवस्था कार्यान्वयन भने भएको पाइँदैन। देशका कुनै पनि अदालतमा समान लिङ्गका जोडीले कोर्ट म्यारिज गर्न पाउँदैनन्। सर्वोच्च अदालतले १२ असार २०८० मा यौनिक तथा […]
हाम्रा अधिकार खोसिँदै गएको श्रमिको गुनासो
काठमाडौँ । आज १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस वर्षको नारा ‘सामाजिक सुरक्षा, मर्यादित श्रम; राष्ट्रको अभियान’ तय गरेको छ । दिवसका अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपाल तथा विश्वभर छरिएर रहेका श्रमिकलाई शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना […]
महिलालाई क्षमता विकास तालिम
धनगढी । कैलालीको चुरे गाउँपालिकामा महिलाको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । चुरे गाउँपालिकाको कार्यालय घरखेडामा चुरे गाउँपालिकाको महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाले आयोजना गरेको क्षमता विकास सम्बन्धी दुई दिने तालिम शनिबार सम्पन्न भएको हो । गाउँपालिकाका छ वटै वडाका महिला समूह,संजाल र सहकारीमा आबद्ध अगुवा महिलाहरुको क्षमता विकास गरी समुदायमा […]
सुदूरकी कान्छी सांसद गीता चौधरी
कञ्चनपुर । महिला सशक्तिकरणको आवाज बुलन्द गर्दै आएकी कृष्णपुर नगरपालिका–६ सिंहपुरकी ३२ वर्षीया गीता चौधरी अहिले सुदूरपश्चिम प्रदेशसभा सदस्य बनेकी छिन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्यमा उनी सबैभन्दा कान्छी सदस्य हुन् । निकै आरोह–अवरोह पार गर्दै चौधरी प्रदेशसभामा पुगेकी हुन् । गाउँको महिला समूहमा आबद्ध भएर छलफल र बहस गर्दागर्दै उनी समाजको नेतृत्व गर्ने तहमा […]
प्रचण्ड सरकारमा एक्लो दलित राज्यमन्त्री
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहेको वर्तमान २३ सदस्यीय मन्त्रिपरिषदमा एक जना मात्रै दलित समुदायबाट मन्त्री बनेकी छन्, सुशीला श्रीपाली, त्यो पनि राज्यमन्त्री । माओवादी केन्द्रले आफ्नो भागमा परेको राज्यमन्त्रीमा श्रीपालीलाई मन्त्रिपरिषद्मा नियुक्त पठाएको हो । श्रीपालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । उक्त मन्त्रालयको […]