‘जात व्यवस्था’ उन्मूलन बारे बिमर्श
अत्तरिया : कैलालीको अत्तरियामा जात व्यवस्था उन्मूलनका बारेमा बिमर्श गरिएको छ । जात व्यवस्था उन्मूलन मोर्चा कैलाली जिल्ला समितिको आयोजनाले गरिएको बिमर्शमा जात व्यवस्था विरुद्धको हस्तक्षेप बढाउनु पर्ने निश्कर्ष निकालिएको छ । जात व्यवस्था विरुद्धको प्रारम्भिक हस्तक्षेप : दोस्रो जागरण अभियान अन्तरगत बिमर्श गरिएको हो ।बिमर्शमा समाजमा अझै ब्याप्त रहेको जातीय विभेद तथा छुवाछुत, अन्तरदलित […]
दलितले भोगेको अछुतो सहर
“अनि नानीको जात चाहिँ के प¥यो ?”– घरबेटी सोध्छन् । “दमाई”– निर्धक्कसाथ दिएँ मेरो जवाफ । “ए नानी त उसो भए दलित पो पर्नुभएछ, अब के गर्नु ! मेरा घरमा बुढा बाआमा हुनुहुन्छ । उहाँहरू अलि पुरानो सोचवाला हुनुहुन्छ । हामीलाई त केही थिएन जे जातै भए नि ! तर बुढेसकालमा बाआमाको चित्त पनि त […]
दलित र गैरदलितका छुट्टा-छुट्टै कुवा
सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकास्थित-९ घाँटगाउँका दलित समुदायले खानेपानीको लागि छुट्टै कुवा प्रयोग गर्दै आएका छन् । वर्षौंदेखि यो बस्तीमा दलित र गैरदलितका छुट्टा-छुट्टै कुवा छन् । स्थानीय मनिसरादेवी विकले आफूहरुले छुट्टै कुवा प्रयोग गर्दै आएको बताइन् । मनिसराको टोलमा १५ घर परिवारले छुट्टै कुवाको पानी प्रयोग गर्दै आएको उनको भनाइ छ । ‘हामीलाई अरु […]
जाजरकोटका मुक्त हलियाको गुनासो : व्यवस्था फेरियो हाम्रो अवस्था फेरिएन
जाजरकोट | पुस्तौदेखि हलिया बस्दै आएका जाजरकोटको जुनीचाँदे गाउँपालिका दहका गानो दमाईको परिवार हलियाबाट मुक्त हुँदा १२ बर्ष अघि निकै खुसी भएका थिए । हलियाबाट मुक्त भएपछि जीवन निर्वाहमा सहजता आउने उनहरुको विश्वास थियो । तर अहिले उनी सोचे नभएपछि निराश छन् । सरकारले २०६५ साल भदौ २१ गतेका दिन हलिया मुक्तीको घोषणा गरेपछि पुस्तौ देखिको […]
विभेदले थिचिएकी लोकगायिका डिक्रा बादी
काठमाडौं । दलितभित्रको पनि बहिष्करणमा परेका अल्पसङ्ख्यक बादी समुदायकी भएकाले पनि हुनसक्छ लोकगायिका डिक्रा बादीले अहिलेसम्म राष्ट्रिय कलाकारको दर्जा पाउन सकिरहेकी छैनन् । सुरिलो स्वरकी धनी सुदूर पश्चिमकी यी चेलीलाई सुदूरपश्चिमका प्रमुख शहरमा हुने विभिन्न महोत्सवमा समेत स्थान दिइन्नँ । त्यस्ता महोत्सवमा काठमाडौं र अन्य शहरबाट आधुनिक र पप सङ्गीतका कलाकारलाई लाखौं खर्च गरेर बोलाइन्छ तर, […]