पत्रकार महासंघ अध्यक्षमा निर्मला शर्मा विजयी
काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा निर्मला शर्मा विजयी भएकी छन्। मधेस प्रदेशबाहेक अन्य प्रदेशमा मत गणना सकिँदा उनले निकटतम प्रतिद्वन्द्वी रमेश विष्टलाई एक हजार १४४ मतान्तरले पछि पारेकी छन्। मधेसमा ७७२ मत खसेको छ जुन शर्माले लिएको अग्रताभन्दा कम हो। पछिल्लो मतगणनाअनुसार शर्माले ३ हजार ९ सय ७३ मत पाउँदा विष्टको पक्षमा २ […]
बहुमुखी क्याम्पसले सिपमूलक तालिम सञ्चालन गर्ने
बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिकास्थित श्रीकोट बहुमुखी क्याम्पसले यही मंसिर १७ गतेदेखि ३० दिने सिपमूलक तालिम सुरु गर्ने भएको छ । क्याम्पसको गैह्र क्रेडिट पाठ्यक्रम अन्तरगत बाँस, निगालोको सामग्री निर्माण सम्बन्धी एक महिने तालिम सञ्चालन गर्न लागिएको क्याम्पस प्रमुख दानसिंह कार्कीले बताए । तालिममा सहभागी हुन इच्छुक विद्यार्थी तथा अन्य सहभागीहरुले मंसिर १५ गतेसम्म क्याम्पस […]
टीकापुर अस्पतालमा सुत्केरी हुनेलाई एक झोला सामग्री
टीकापुर : कैलालीको टीकापुर निवासी स्थानीय समाजसेवी टेकराज बिनाडीले सुत्केरीलाई उपयोगी हुने न्याना झोला टीकापुर अस्पताललाई प्रदान गरेका छन्। उनले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपटबहादुर सोडारी, पूर्वअध्यक्ष दीपक रावल र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रेमकुमार राईलाई संयुक्त रूपमा बिहीबार दुई सय ५० वटा झोला हस्तान्तरण गरेका हुन्। झोला हस्तान्तरण गर्दै समाजसेवी बिनाडीले नवप्रसूताहरूलाई सघाउने उद्देश्यले आफूले […]
दुवै खुट्टा नभएका बुढामगर सगरमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान
काठमाडौं । दुवै खुट्टा नभएका पूर्व गोरखा सैनिक हरि बुढामगर विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान गरेका छन् । उनी बुधबार बिहान त्रिभुवन विमानस्थल हुँदै सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका हुन् । शारीरिक रुपमा अशक्त भएका व्यक्तिहरु कमजोर हुँदैनन् भन्ने सन्देश दिन सगरमाथा आरोहणमा जान लागेको उनले बताए । रोल्पा जिल्लाको मिरूल गाउँमा जन्मिएका […]
शुक्लाफाँटामा तरकारी खेतीबाट मनग्य आम्दानी
कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका वडा नं. ११ दीपनगरका डम्बरबहादुर विष्ट व्यावसायिक तरकारी खेती गरेर गतिलो आम्दानी गर्दै आएकाल छन् । तरकारी खेतीबाट हुने आम्दानीले विष्टको परिवारको खर्च चल्ने गरेको छ । उनले खेतबारीमा बाह्रै महिना तरकारी खेती गर्छन् । दश कठ्ठा बढी जग्गामा उनको तरकारी खेती गरेर वार्षिकरूपमा रु दुई लाखदेखि पाँच लाखसम्म आम्दानी गर्दै आएका छन् […]