खाद्य कम्पनीद्वारा सिरहामा धान खरिद सुरु
सिरहा । सिरहास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय लहानले आजदेखि धान खरिद प्रक्रिया सुरु गरेको छ । कम्पनीले सिरहा, सप्तरी र उदयपुरका किसानद्वारा उत्पादित धान बर्सेनि खरिद गर्दै आएको हो । यस वर्ष २५ हजार क्विन्टल सोना मन्सुली र १० हजार क्विन्टल जिरा मसिनो (कतर्नी) धान खरिद गरिने कार्यालय प्रमुख दीपक सुनारले […]
बस्तीमा सकस : परालै सिरक,परालै डसना
महोत्तरी : जाडो छिप्पिदै गएपछि तराईमा बाक्लै प्रयोगमा आउने पुरानो उक्ति छ, ‘तर गोविन्द उपर नारायण’ अर्थात् तल गोविन्द, माथि नारायण । खासमा पराले झुप्राका गुजुमुज्ज गरिब बस्तीमा यो आहान (उक्ति) तराईमा चरितार्थ हुन्छ, जाडोयाममा । बाँसको खाँबा र झिक्राझिक्रीको बार (बेराघेरा) का भित्ताको भरमा अडिएका पराले छानाका केही हात लम्बाइरचौडाइका झुप्रा छन् । यी झुप्रामा […]
मानव बेचबिखनको आरोपमा एक जना पक्राउ
सुनसरी : प्रहरीले मानव बेचबिखनको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। चार जना बालिकालाई पैदलयात्रामार्फत नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको हो। जिल्लाको कोशी गाउँपालिका–८ भाण्टाबारीबाट सप्तरी कञ्चनरुप नगरपालिका–१२ बस्ने २६ वर्षीय सनोज सदालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी […]
बारा-२ मा उपेन्द्र यादव विजयी
काठमाडौं । उपनिर्वाचनमा बारा–२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । यादव निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले पराजित गर्दै विजयी भएका हुन् । जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीका अनुसार यादवले २८ हजार ४ सय १५ मत पाउँदा कुशवाहाले २३ हजार ३ सय ३४ […]
उपचार खर्च तिर्न नसक्दा मन्तोरिया राय अस्पतालमै बन्धक
धनुषा । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी धनुषाको सबैला गाउँपालिका–९ की मन्तोरिया राय उपचारवापतको खर्च बुझाउन नसक्दा अस्पतालमै बन्धक छिन् । गत माघ १२ गते उहाँलाई मोटरसाइकलले ठक्कर दिएको थियो । गम्भीर घाइते अवस्थामा मन्तोरियालाई उपचारका लागि जनकपुरधाम मुरलीचोकस्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो । उपचार भएपछि उहाँलाई अस्पतालले गत फागुन २० गते घर फर्काउने […]