आजको मौसम : यी क्षेत्रमा हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति प्रदेश १, वागमती, गण्डकी, कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ […]
टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ३८ सय नाघ्यो
काठमाडौं । टर्कीको गाजी एन्टेप सहर नजिक केन्द्र बनाएर सोमबार बिहान गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ३८०० नाघेको छ । बीबीसीका अनुसार उक्त भूकम्पमा घाइतेको संख्या १२ हजारभन्दा बढी रहेको छ । भूकम्पका कारण टर्कीसँगै सिरियामा पनि धेरै नागरिकले ज्यान गुमाएका छन् । दुवै देशमा मृत्यु हुनेको संख्या चार हजार नजिक पुगेको छ […]
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौँ । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटिर ३ रुपैयाँ बढाएको छ । निगमले सोमबार राती १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वृद्धि गरेको हो ।
मुख्यमन्त्री रावलले भोली विश्वासको मत लिने
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भोली विश्वासको मत लिने भएका छन् । रावलले विश्वासको मत लिने विषयमा प्रदेश सभा सचिवालयलाई जानकारी समेत गराइसकेका छन् । पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले २६ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था भएको अघिल्लो दिन मुख्यमन्त्री रावलले विश्वासको […]
कैलालीमा चप्पल बनाउने तालिम सम्पन्न
धनगढी । कैलालीको धनगढी उप-महानगरपालिका-१० घुईयाघाटमा शनिबार १० दिने चप्पल बनाउने तालिम सम्पन्न भएको छ । १० नं.वडा कार्यालयको आर्थिक सहयोग तथा न्यू फुलवारी दुना टपरी उधोगको आयोजनामा स्थानीय उत्पादनलाई बढवा दिँदै महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले सञ्चालन भएको प्लाष्टिकको चप्पल बनाउने तालिम सम्पन्न भएको हो । माघ ११ गतेदेखी माघ २१ गतेसम्म संचालन गरिएको ६० […]