बैतडीमा खडेरीले सुक्दै हिउँदेबाली

बैतडी । लामो खडेरीका कारण बैतडीसहित सुदूरपहाडमा हिउँदेबाली सुक्दै गएका छन् । गत असोजदेखि यहाँ वर्षा नहुँदा हिउँदेबाली सुक्दै गएका हुन्। ४ महिना हुन लाग्दासमेत वर्षा नहुँदा गहुँलगायतका हिउँदेबाली सुक्दै गएका बैतडीको दोगडाकेदार-३ श्रीकोटका जयसिंह धामीले बताए। उनले भने‚ ‘माघ लागिसक्दा समेत यो वर्ष हिउँदे वर्षा भएको छैन।’ समयमै हिउँदे वर्षा नहुँदा गहुँलगायत अन्य हिउँदेबाली […]

मुस्ताङको स्याउलाई कोल्डस्टोर

काठमाडौँ : स्याउको राजधानी मानिने हिमालपारिको जिल्ला मुस्ताङमा उत्पादन हुने मुस्ताङी स्याउ भण्डारणका लागि ‘कोल्डस्टोर’को व्यवस्था भएको छ । मुस्ताङका स्याउ उत्पादक कृषकहरुले आर्थिक वर्ष २०७७/७८ मा ‘एप्पल जोन’ को ५० प्रतिशत अनुदानमा कोल्डस्टोर खरिद गरेर स्याउलाई सुरक्षित भण्डारण गर्न थालेपछि बेसिजनमा पनि स्याउ खान पाइने भएको छ । घरपजोङ गाउँपालिका–५ का कर्म गुरुङले १६ […]

जहाँ अर्गानिक र रैथाने उत्पादनको मूल्य छैन

मुगु : छायानाथ रारा नगरपालिका–३ की रामदेवी बुढा हरेक दिन साँझबिहान मुगु सदरमुकाम गमगढी बजारमा हरिया सागसब्जी र ताजा तरकारी बेच्न आइपुग्छिन् । आफैले उत्पादन गरेको रैथाने र अर्गानिक तरकारी उनी हिउँद बर्खा सधैभरि यसरी नै बेच्छिन् । बिहान साँझ तरकारी बेच्न बजार आए पनि दिउँसभर खेतिपातीमै हुन्छिन् ।  अन्य परम्परागत खेतीभन्दा तरकारीमा आम्दानी राम्रो […]

लुम्बिनीको पुष्कर्णी पोखरीका माछा मर्न थाले

भैरहवा : बुद्धजन्मस्थल तथा विश्वभर रहेका बौद्धधर्मालम्बीहरुको आस्थाको केन्द्र मायादेवी मन्दिर परिसरमा रहेको पुष्कर्णी पोखरीमा रहेका माछाहरू मरेका छन् । निरन्तर पानी पर्न सुरु भएदेखि नै पोखरीका माछा मर्न थाले पनि शुक्रबार भने एकै पटक ४० वटा मरेको लुम्बीन विकास कोषले जनाएको छ ।  कोषका सदस्यसचिव सानुराजा शाक्यका अनुसार पोखरीको पानीमा अक्सिजनको कमी हुँदा प्रत्येक […]

खोटाङमा ७० प्रतिशत रोपाई सकियो

खोटाङ : खोटाङमा साउन लाग्दा ७० प्रतिशत रोपाई सकिएको छ । जिल्लाको १२ हजार आठ सय ९८ हेक्टर क्षेत्रफलमा रोपाई हुँदैआएकामा सोमबारसम्ममा नौ हजार २८ हेक्टरमा रोपाई सकिएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एबं कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताए । असारमा पर्याप्त वर्षा भएका कारण खोटाङमा विगतको तुलनामा चाँडो रोपाइ भएको हो । बेलामा […]