एमाले डोटीको अध्यक्षमा मञ्जु मलासी निर्वाचित
डोटी । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० जिल्ला कमिटी डोटीको अध्यक्षमा मञ्जु मलासी निर्वाचित भएकी छिन् । एमाले डोटीको नवौं जिल्ला अधिवेशनबाट निकटम प्रतिद्वन्दी शेरबहादुर मल्ललाई पराजित गर्दै मलासी अध्यक्षमा निर्वाचित भएकी हुन् । मंगलबार बिहान सार्वजनिक भएको निर्वाचन परिणाम अनुसार मलासीले आफ्ना प्रतिस्पर्धी शेरबहादुर मल्लभन्दा ४४ मत बढी ल्याएकी छिन् । मलासीले दुई सय १५ […]
अभिभावकविहीन ९४ बालबालिकालाई भत्ता
डडेल्धुरा । नवदुर्गा गाउँपालिकाका अभिभावकविहीन ९४ जना बालबालिकालाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको छ । आर्थिक वर्ष २०७४/०७५ देखि गाउँपालिकाले उक्त भत्ता प्रदान गर्दै आएको हो । पालिकाका उपप्रमुख निर्मला विष्टका अनुसार ती बालबालिकालाई जनही रु.एक हजार प्रदान गरिएको हो । त्यसबाट उनीहरूलाई थोरै भए पनि सहयोग पुग्ने छ । भत्ता रकम आमाबाबु गुमाएका बालबालिका […]
तीन जना लागुऔषधसहित पक्राउ
धनगढी। कैलालीबाट एकै दिन तीन जना लागुऔषधसहित पक्राउ परेका छन्। जिल्लाको भजनी नगरपालिका–३ मोरीयाघाटबाट लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ३५ वर्षका साजिश चौधरी लागुऔषधसहित पक्राउ परेका छन्। उनी से ४ प ५९७८ नम्बरको मोटरसाइकललाईमा आइरहेको अवस्थामा चेकजाँच गर्दा २ ग्राम लागुऔषधसहित पक्राउ परेको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ। यस्तै भजनी नगरपालिका–३ मोरीयाघाट टीकापुर नगरपालिका–२ अस्नेरीका ३० […]
बैतडीमा एक जना मृत फेला
बैतडी । बैतडीमा एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको पुर्चौडी नगरपालिका–वडा न १ बस्ने अन्दाजी ६० वर्षीय धनबहादुर भण्डारी मृत अवस्थामा फेला परेका हुन । पुर्चौडी नगरपालिका–वडा –८ टुणेत खोला स्थित बगरमा भण्डारी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । प्रहरी घटना स्थलतर्फ गएको र […]
वन हेरालुलाई जंगली हात्तीको बथानले आक्रमण गर्यो
कञ्चनपुर । जंगली हात्तीले आक्रमण गर्दा कञ्चनपुरको पुनर्वास नगरपालिका-१० का ६० वर्षीय परी विष्ट गम्भीर घाइते भएका छन्। स्थानीय मधु सामुदायिक वनमा वनगस्तीमा रहेका बेला मंगलबार साँझ वन हेरालु विष्टमाथि हात्तीले आक्रमण गरेको हो। झाडीबाट निष्केको हात्तीको बथानले आक्रमण गर्दा विष्टको छातीमा गम्भीर चोट लागेको कुण्डा सवडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले जानकारी दिए। घाइते […]