सेती खोँचमा दीप प्रज्वलन गरेर मृतकको सम्झना
कास्की । माघ १ गते पोखराको सेती खोंचमा यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरूको स्मृतिमा आज घटनास्थलमा पोखरा महानगरपालिकाले श्रद्धाञ्जलीसभासहित दीप प्रज्वलन गरेको छ । पोखरा महानगरपालिकाले घटनाको १३औँ दिन आज विमान दुर्घटनास्थल पोखरा-७ स्थित मितेरीपुलनजिक ठीक १०:५८ बजे श्रद्धाञ्जलीसभा गरेको हो । दुर्घटनामा ज्यान गुमाएका ७२ जनाको सम्झनामा दीप प्रज्वलनसमेत गरियो । कार्यक्रममा गण्डकी […]
आत्मदाह गरेका प्रेम आचार्यको परिवारलाई न्याय दिलाउन प्रदर्शन
काठमाडौं । संसद भवन अगाडि दिउँसै आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको परिवारलाई न्याय दिनुपर्ने भन्दै युवाहरुले बिहीबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन्। आचार्यले उठान गरेका विषयहरुलाई राज्यले सम्बोधन गर्नुपर्ने र उनको परिवारलाई न्याय दिनुपर्ने भन्दै युवाहरुले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागी युवाहरुले ‘अर्को जल्दो शरिर मेरो नहोस्’, ‘गरिखाने कि मरिजाने’, ‘उद्यमशील नेपाल नारा मात्र हो […]
राष्ट्रियसभा सदस्यमा नागरिक उन्मुक्तिले दियो उम्मेदवारी
दाङ । राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले पनि उम्मेदवारी दिएको छ । बुधबार लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङ पुगेर नागरिक उन्मुक्तिका तर्फबाट राजेन्द्रवीर रायले उम्मेदवारी दर्ता गरेका हुन् । रायको प्रस्तावकमा प्रदेशसभा सदस्य राजकुमार चौधरी र समर्थकमा प्रदेशसभा सदस्य धर्मबहादुर चौधरी बसेका छन् । यसअघि सत्तारूढ दलबाट एमालेका कुमार दसौदी र कांग्रेसका तर्फबाट माधवप्रसाद […]
सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का, केही घरसमेत भत्कियो
धनगढी । सुदूर पश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस भएको छ । दिउँसो २ बजेर ४३ मिनेटको समयमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का कैलाली,कंचनपुर,डोटी,डडेलधुरा लगायतको जिल्लामा समेत मससुस भएको थियो । भूकम्पको धक्काले केही जिल्लाहरुको घरमा क्षति पुगेको छ । थप विवरण आउन बाँकी छ ।
रुबी खानसहित अधिकारकर्मी पक्राउ
काठमाडौं । निर्मला कुर्मीको न्यायको माग गर्दै आन्दोलनरत रुबी खानलाई प्रहरीले पक्राउ गरेको छ। खानसहित अधिकारकर्मीको टोलीलाई नै र्यालीका क्रममा बबरमहलस्थित काठमाडौं जिल्ला अदालत अगाडिको बाटोबाट प्रहरीले पक्राउ गरेको हो। उनीहरुले बाँकेकी निर्मला कुर्मीलाई बेपत्ता पारिएको घटनाको अनुसन्धान गर्न र आरोपित बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै आएका छन्। माइतीघर मण्डलामा २४ दिनदेखी जारी धर्नामा […]