बस्तीमा सकस : परालै सिरक,परालै डसना

महोत्तरी : जाडो छिप्पिदै गएपछि तराईमा बाक्लै प्रयोगमा आउने पुरानो उक्ति छ, ‘तर गोविन्द उपर नारायण’ अर्थात् तल गोविन्द, माथि नारायण । खासमा पराले झुप्राका गुजुमुज्ज गरिब बस्तीमा यो आहान (उक्ति) तराईमा चरितार्थ हुन्छ, जाडोयाममा । बाँसको खाँबा र झिक्राझिक्रीको बार (बेराघेरा) का भित्ताको भरमा अडिएका पराले छानाका केही हात लम्बाइरचौडाइका झुप्रा छन् । यी झुप्रामा […]

मुक्त घोषणा गरिएका हरवाचरवा मुक्ति खोज्दै सिंहदरबारमा !

काठमाण्डौं । मुक्त घोषणाको ६ महिनापछि हरवाचरवा पुनः मुक्ति खोज्दै सिंहदरबार पुगेका छन् । सरकारले मुक्त घोषणा गरेको लामो समय बिति सक्दा पनि आफुहरुको पुर्नस्थापना हुन नसकेको बताउँदै हरवाचरवाहरु अधिकारकर्मी सहित सिंहदरबार पुगेका हुन् । नेपालको संबिधान र अन्तर्राष्टिय प्रचलित कानुनले समेत प्रतिबन्ध लगाएका बाँधा श्रमिकहरु आफनो मुक्तिको कार्यान्यवन खोज्दै सिंह दरबार पुगेको राष्ट्रिय हरवाचरवा […]

मधेशी र थारु समुदायलाई भित्तामा धकेलेर राष्ट्रिय सहमतिको नारा दिएको भन्दै सिके राउत असन्तुष्ट

काठमाडौ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले पदको लागि मात्रै राष्ट्रिय सहमतिको कुरा उठाएको प्रति आपत्ति जनाएका छन्। बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राष्ट्रपति र प्रधानमन्त्री लगायतका पदलाई लुछाचुँडी गर्नका लागि मात्रै राष्ट्रिय सहमतिको चर्चा गरेको दाबी गरे। देश संकटमा परेको बेलामा राष्ट्रिय सहमतिको खोजी नभएको बताए। उनले भने, ‘मत दिनका लागि दलभन्दा माथि […]

महोत्तरीमा शीतलहरले जनजीवन प्रभावित

काठमाडौं । दुई सातादेखि शीतलहरले महोत्तरीको जनजीवन प्रभावित बनेको छ । सदरमुकाम जलेश्वरसहित मध्यवर्ती, पश्चिमवर्ती तथा दक्षिणवर्ती क्षेत्रमा चिसोका कारण सर्वसाधारण घरबाहिर कमै निस्किने गरेका छन् । दिनानुदिन बढ्दै गएको जाडोले कामकाज गर्न पाएका छैनन् । बालबालिका र वृद्धवृद्धा बिरामी हुने क्रम बढेको जिल्लास्थित स्वास्थ्य संस्थाले जनाएका छन् । बारी र  खेतमा लगाइएको हिउँदे बाली, […]

चिसोले कठ्यांग्रिएर एक बृद्धको मृत्यु

सप्तरी २६ । सप्तरीमा चिसोले कठ्यांग्रिएर सोमबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ बेल्हाका ६५ वर्षीय कपलेश्वर सदा रहेका छन् । यो घटनासँगै यस वर्ष चिसोले कठ्यांग्रिएर मृत्यु हुनेको संख्या दुई पुगेको छ। विगत केही दिन यता तराईमा बढेको अत्यधिक चिसोको कारण अस्वस्थ रहेको सदाको सोमबार साँझ […]