बाँझो जग्गामा कागतीखेती
गण्डकी । पोखरा महानगरपालिका–२८ कालिका ध्रुवपुरका हरिप्रसाद त्रिपाठीले बाँझो जग्गामा यसैवर्षदेखि कागतीखेती सुरु गरेका छन् । गाउँबेँसी एकीकृत कृषि केन्द्रका सञ्चालकसमेत रहेका उनले व्यावसायिक रुपमा कागतीखेती सुरु गरेको बताउँदै हाल २६ रोपनी क्षेत्रफलमा पाँच सय ८४ ‘तेह्रथुमे’ जातका कागतीका बिरुवा हुर्किरहेका जानकारी दिए । कागतीखेतीका लागि उहाँले पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना, आयोजना […]
तरकारी खेतीमा जमेका महादेव
कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका-८ नौखरीका महादेव डगौराले व्यावसायिक तरकारीखेती गर्ने गरी किसानका रूपमा परिचित छन् । दुई दशकअघिदेखि डगौराले बाह्रै महिना तरकारीखेती गर्दै आएका छन् । कमैया मुक्तिको घोषणापश्चात् पाइएको पाँच कट्ठा जग्गाबाट उनले तरकारीखेती सुरु गरेका हुन् । अहिले डगौराले एक बिघा बढी जग्गामा तरकारीखेती गर्छन् । पाँच कट्ठा जग्गा आफ्नै स्वामित्वको छ”, उनले […]
सुन्तला बेचेर एकै सिजनमा ४५ लाख रूपैयाँ आम्दानी
स्याङ्जा । स्याङ्जाका एक किसानले यसवर्ष मात्रै सुन्तला बिक्रीबाट ४५ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । पुतलीबजार नगरपालिका–१० राङखोलाका किसान मुक्ति अधिकारीले सुन्तला बेचेरै उक्त आम्दानी गरेका हुन् । सुन्तला टिप्न थालेको सुरुआती अवस्थामा प्रतिकेजी रु.५५ बाट सुरु गरेर अहिले अन्तिममा प्रतिकेजी रु.८९ मा बिक्री भइरहेको सुन्तला उनले बताए । ‘बगैँचामा रहेको सुन्तला […]
थप सेवासहित ह्युमन च्वाईस एण्ड टेलरिंग सेन्टर संचालन
धनगढी । कैलालीको धनगढीमा ह्युमन च्वाईस एण्ड टेलरिंग सेन्टरको आज उद्धघाटन गरिएको छ । विगत १० बर्ष अघिदेखी धनगढीको कैलालीपुल नजिक संचालमा रहेको सो टेलरिंग सेन्टर थप सेवासहित आजदेखि धनगढीको रातोपुल मेन रोडस्थित होटल जलसा नजिक सञ्चालनमा आएको हो । बिमल कुमार दर्जीको करिब ५० लाखको लगानीमा टेलरिंग सेन्टर संचालनमा आएको हो । बिहान १०:३० […]
प्लास्टिकका माला प्रतिबन्ध भएपछि सयपत्री फूलको माग बढ्यो
कंचनपुर : सरकारले चाडपर्वलाई लक्षित गरेर प्लास्टिकको माला खरिद बिक्रीमा रोक लगाएपछि सयपत्री फूलको माग बढेको छ । तिहार सुरु भएसँगैै सयपत्री फूलको माग ह्वात्तै बढेको यहाँका फूल व्यवसायी जनक सिंहले बताए । उहाँले यस वर्ष सरकारले प्लास्टिकका मालामा प्रतिबन्ध लगाएपछि बाहिरी जिल्लाबाट समेत फूलको माग बढेको बताए । “विगतका वर्षहरुमा भन्दा अहिले फूलको माग […]