साउन दोस्रो सातासम्ममा नयाँ पार्टी घोषणा गर्छौं : महेन्द्र यादव

उपेन्द्र यादव पक्षले तपाईलाई पदमुक्त गरेको छ । अब तपाईहरूको रणनीति के हुन्छ ?उपेन्द्र यादव पक्षले हामीमाथि गरेको कारबाही प्रेस रिलिज जारी गरेर खारेज गरिसकेका छौं । अब पार्टी पुर्नगठन गर्छौ यसको तयारी पनि गरिसकेका छौं । साथै, थप छलफललाई पनि सँगै लगिरहेका छौं । हाम्रो पार्टीको विस्तारित बैठकले पार्टीको सम्पूर्ण निर्णय गर्ने जिम्मेवारी कार्यकारीलाई […]

खप्तड घुम्न जानेलाई हेलिकप्टरको व्यवस्था

२१ माघ,डोटी । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड घुम्नका लागि हेलिकप्टरको व्यवस्था गरिएको छ । डोटी चेम्बर अफ कमर्सले दिपालयमा आयोजना गर्न लागेको प्रादेशिक महोत्सवमा खप्तड घुम्न जाने पर्यटकका लागि हेलिकप्टरको व्यवस्था गरिएको चेम्बर्स अफ कमर्स डोटीका अध्यक्ष खगेन्द्रबहादुर साउँदले बताए । उहाँले भन्नुभयो, ‘खप्तडसम्म हिडेर जान नसक्ने र छोटो समयमानै खप्तड घुम्न चाहने […]

सिलाई व्यवसायबाट फेरिएको निशाको जीवन (भिडियोसहित)

काठमाडौँ । सर्लाही जिल्लाको लालबन्दीकी निशा श्रेष्ठको श्रीमान मलेसियामा छन् । श्रीमान विदेशमा कमाउन गएका भए पनि उनी आर्थिकका लागि श्रीमानको मात्रै भर पर्दिनन् । किन भने उनी सिलाई व्यवसायबाट राम्रो आम्दानी गर्न सफल भएकी छिन् । उनको सिलाई पेशाबाट फेरिएको जीवनको पाटो यो भिडियोमा हेर्नुस् । उज्यालोअनलाईनबाट

महिलाहरुको कार्यबोझमा कमी ल्याउन शिशु स्याहार केन्द्र स्थापना

महिलाहरुको कार्यबोझमा कमी ल्याउने उद्धेश्यले डोटीको के.आई.सिंह गाउँपालिका वडा नं. ७ भूमिराजमाण्डौमा सामुदायिक शिशु स्याहार केन्द्र स्थापना गरिएको छ । एक्शन एड नेपालको सहयोगमा सम विकास केन्द्र (ईडीसी) नेपाल, डोटीद्वारा सञ्चालित ‘द महिला नेटवर्क परियोजना’ र के.आई.सिंह गाउँपालिका वडा नंं. ७, को सहयोगमा शिशु स्याहार केन्द्र स्थापना गरिएको ईडिसिका कार्यक्रम संयोजक महेश परियारले जानकारी दिए […]

दशैंले ल्यायो थारु बस्तीमा सखिया नाचको रौनक

बेलुका भयो कि ‘फटक ट्वाङ घरौनाऽऽऽ, ट्वाङ घरौनाऽऽऽ लगायत ताल समेटिएको मादलको आवाज गुञ्जिन थालिहाल्छ । अनुमान लगाउन गाह्रो हुँदैन थारु बस्तीमा सखिया नाचको रिहल्सल हुँदैछ भनेर । दशैंतिहारको आगमनसँगै उक्त परम्परागत सखिया नाचको रिहल्सल शुरू भएपछि आजभोलि थारु बस्तीमा उक्त नाचको रौनक बढेको छ । जताततै रिहल्सल हुन थालेपछि मादलको आवाजले बस्ती नै गुञ्जयमान […]