धनगढी : नेपाल मगर विद्यार्थी संघले आफ्नो ३१ औं स्थापना दिवस धनगढीमा भव्य कार्यक्रम आयोजना गरि मनाएकाे छ ।
बुधबार साँझ धनगढीको मुख्य चोक पार्कमोडमा ३१ दीप प्रज्वलन गरी स्थापना दिवस मनाइएको हो।
नेपाल मगर विद्यार्थी संघ, केन्द्रीय समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा मगर समुदायको पहिचान, विद्यार्थी हकहित र संगठनको गौरवशाली इतिहासलाई स्मरण गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघका उपमहासचिव मीन बहादुर दर्लामी मगर रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा नेपाल मगर संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष दल बहादुर घर्तीमगर उपस्थित थिए ।
त्यसैगरी, अतिथिको रूपमा निवर्तमान सुदूरपश्चिम प्रदेश अध्यक्ष कमल पुन, थारु कल्याणकारिणी सभाका केन्द्रीय पार्षद ठाकुर करियाप्रधान, नेपाल आदिवासी जनजाति महासंघ कैलालीका अध्यक्ष दीपक चौधरी र राना थारु विद्यार्थी समाजका उमेश रानाको सहभागिता रहेको थियो।
कार्यक्रममा नेपाल मगर संघ र विद्यार्थी संघका केन्द्रदेखि वडा तहसम्मका प्रतिनिधिहरूको बाक्लो उपस्थिति थियो।
कार्यक्रममा स्वागत मन्तव्य प्रमेश डम्मर पाल मगरले राखेका थिए । शुभकामना मन्तव्यका क्रममा वक्ताहरूले मगर विद्यार्थीहरूको शैक्षिक अधिकार र सांगठनिक सुदृढीकरणमा जोड दिएका थिए।
कार्यक्रमका प्रमुख अतिथि मीन बहादुर दर्लामी मगरले विद्यार्थीहरू राष्ट्रको मेरुदण्ड भएको र मगर विद्यार्थीहरूले आफ्नो भाषा, संस्कृति र अधिकारका लागि सधैं अग्रपंक्तिमा उभिनुपर्ने बताए।
नेपाल मगर बिध्यार्थी संघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम इन्चार्ज मनाेज पुन मगरका अनुसार स्थापना दिवसकै अवसर पारेर संघले अन्य रचनात्मक कार्यक्रमहरू पनि सार्वजनिक गरेको छ।
फागुन २८ गते ‘आमाको माया छात्रावास’मा खाद्यान्न सामग्री वितरण गरिने,२९ र ३० गते विद्यार्थीहरूको क्षमता विकासका लागि दुई दिने ‘उद्घोषण तालिम’ तथा ‘वक्तृत्वकला’ कार्यक्रम सञ्चालन गरिने छ ।
कार्यक्रमको सञ्चालन नेपाल मगर विद्यार्थी संघ सुदूरपश्चिम प्रदेश समितिका महेश थापामगरले गरेका थिए।






रास्वपा सांसद आशिका तामाङ ट्राफिकसँग झोक्किइन
दलित आन्दोलनलाई एकताबद्ध बनाउन जोड
बुटवलमा सुकुमवासीको प्रदर्शन
हुम्लाको नेप्कामा भीषण पहिरो
फलफूलको रोगकिरा नियन्त्रण गर्न ‘जैविक झोल’ प्रयोग