काठमाडौँ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले प्रेस स्वतन्त्रता अहिलेको अवस्थामा झन् चुनौतीपूर्ण बन्दै गएको बताएकी छन् ।
उनले पत्रकारविरुद्ध हुने अपराधमा दण्डहीनता कायम रहनु, सञ्चारमाध्यमको आर्थिक अवस्था कमजोर हुँदै जानु तथा पत्रकारको पेसागत र भौतिक सुरक्षामा बढ्दो जोखिमजस्ता कारणले प्रेस स्वतन्त्रता पेचिलो बनेको उल्लेख गरिन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज शुभकामना सन्देशमार्फत उनले सम्पूर्ण सञ्चारकर्मी, श्रमजीवी पत्रकार तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरलाई एकताबद्ध भएर प्रेस स्वतन्त्रताको रक्षा गर्न आह्वानसमेत गरेकी छन् । लोकतान्त्रिक व्यवस्था लागू भएको दशक बितिसक्दा पनि प्रेस स्वतन्त्रता हननका घटना बढ्नु चिन्ताजनक रहेको उनको भनाइ छ ।
उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै पनि प्रकारको हस्तक्षेप भए त्यसको सशक्त प्रतिवाद गर्न पत्रकार जगत् सधैँ तयार रहेको स्पष्ट पारेकी छन् । साथै, स्वतन्त्र र सुरक्षित पत्रकारिता सुनिश्चित गर्न राज्य, सञ्चार संस्था र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको उनले जोड दिइन् ।






किन विवादमा तानियो ‘लालीबजार’ ?
पहिरोका कारण मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रुपमा अवरुद्ध
विदेशको कमाइ छाडेर गाउँको माटो रोजिन् अरुणाले
प्रेस स्वतन्त्रता झन् चुनौतीपूर्ण बन्दै : निर्मला शर्मा
आज विश्व प्रेस स्वतन्त्रता दिवस
रोल्पामा १० वर्षीय दलित बालक कुटिए
शिल्पी थिएटरमा ‘सिकल सेल’ मञ्चन हुँदै, फ्युडल समाजको कथा प्रस्तुत
आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ : अर्थमन्त्री
गैरीगाउँको सुकुमवासी बस्तीमा पनि चल्यो डोजर
कक्षा १२ को परीक्षा आजदेखि, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी